Shittalpati
तानसेनको शितलपाटीमा जिप दुर्घटना

पाल्पा,जिल्लाको सदरमुुकाम तानसेनस्थित शितलपाटी नजिकै जिप दुर्घटना भएको छ । आइतबार साँझा कोक, स्प्राईट जस्ता पेयपदार्थ बोकेको लुु १ च ७७६२ नम्वरको पिकप जिप शितलपाटी माथिको आरोलोमा दुर्घटना भएको हो ।

भगवती टोलबाट शितलपाटीतर्फ झर्दै गरेको जिप ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ । जिपले शितलपाटीबाट कैलाशनगरतर्फ निस्कदै गरेको स्कुुटीलाई साइट दिने क्रममा एक्कासी दुर्घटना भएको हो । जिप सडकमा उत्तानो अवस्था रहेको छ । गाडीमा रहेका सामानहरु क्षतविक्षेत अवस्थामा रहेका छन् भने गाडी चालक सकुुशल रहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update