Shittalpati
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा, जिल्लाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज विहान माथागढी गाउँपालिका–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका– ११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरक्षिक तथा प्रवक्त वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार गुरुङ्गको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अर्को एक जना घाइते भएका छन् । टिपरमा सवार माथागढी गाउँपालिका –४ झडेवा बस्ने ५० वर्षीय हुमबहादुर परियार घाइते भएका हुन् । उनलाई उपचारका लागि तानसेन ल्याइएको प्रहरीले जनाएको छ । घाइते परियारको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । टिपर सडकबाट ४० मिटर तल खसेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update