Shittalpati
कस्तो होला...

खेतबहादुर खत्री
तम्घा, गुल्मी

कस्तो होला तिम्रो र मेरो मायाको संसार
स्वप्निल पल होलान्, हरपल मायाको बहार।

नयन भरी गुरास फुल्लान, पाउभरी संगीत ।
सागर जस्तै गहिरो माया, हृदय भरीको प्रीत ।
उकाली जाँउला, ओराली जाँउला संसार घुमौंला ।
माया भन्दा केही रैन्च ठूलो, काखमा निदाउला ।

कस्तो होला..............

वसन्त आउला, शिशिर आउला हाम्रो मायामा ।
बिताउनै पर्छ दुई दिनको जीवन घाम र छायामा ।
तिमी रुँदा म रोईदिउला, हाँस्दा हाँसिदिउला ।
जीवन एक नाटक रैछ, साथैमा रहिदिउला ।

कस्तो होला..............

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update