Shittalpati
देवी घर्ती र विष्णु सिंजाली मगरको स्वरमा सानु तिम्रो मन बजारमा

सुमन कार्की
पाल्पा । गुल्मेली गायक तथा सर्जक, नेपाली गीत संगीतमा एउटा गहकिलो तथा निकै सुरीलो आवाजका धनि गायक तथा गुल्मी लोकतारा भनेर चिनेनी लोक दोहोरी गायक विष्णु सिंजाली मगरले आफ्नो मार्मिक गीत सानु तिम्रो मनको नयाँ भिडियो बजारमा लिएर आएका छन् । स्वरमा भने नेपाली लोक दोहोरी गीत संगीतमा चर्चा कमाउन सफल भैसकेकी लोक दोहोरी गायीका देवी घर्ती मगरले यस गीतमा विष्णु सिंजाली मगरलाई साथ दिएकी छन् ।

गीतको लय विष्णु सिंजाली मगरको र शब्द होम राना र बसन्त रानाको रहेको छ । गीतको भिडियोमा मोडल सुबास पाण्डे, रिना बस्नेत, सुशान्त परियार, जित वहादुर थापा, प्रदिप गैरे, भावना भट्टराई, पारस पाण्डे, संजय पाठक लगाएतको सशक्त अभिनय देख्न सकिन्छ । आशिका प्रोडक्सनको युट्युब च्यानल बाट सार्बजनिक गरिएको भिडियो सानु तिम्रो मनको छायांकन आशिका प्रोडक्सनले र निर्देशन शिव भट्टराईले गरेका हुन् । गीतको मर्म अनुसार भिडियो निमार्ण भएका कारण र गीत अनुसार भिडियो पनि एकदम मार्मिक बनेको हुनाले आम दर्शक स्रोताको मन जित्न सफल हुने गायक मगरको भनाई छ । अहिले सम्म विष्णु सिंजाली मगरले ३ वटा गीतमा स्वर दिसकेका छन् भने धेरै गीतहरुका शब्द संगीत समेत गरेका छन् । भिडियोको छाँयाकन पाल्पाको पर्यटकी क्षेत्र श्रीनगर डाँडा र स्याङ्गजा जिल्लाको रमणीय स्थान मिर्मी र श्री सिद्धेश्वर महादेव मन्दिर पालीका चौरमा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update