लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
कला/संस्कृति/मनोरन्जन
पासासले मनायो छविलाल शतवार्षिकी

पाल्पा, जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल पाल्पा साहित्य समाजले पाल्पाली कवि छविलाल नेपालको स्मृतिमा शतवार्षिकी मनाएको छ । समाजले तानसेनमा साहित्यिक समारोहको आयोजना गरी छविलाल शतवार्षिकी मनाएको हो ।
कार्यक्रममा कवि छविलाले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा परिचर्चा गरिएको थियो । समारोहमा प्रमुख अतिथि तथा छविलालका नाती शिवप्रसाद कोइरालाले साहित्य समाजले पुराना साहित्यकारहरुको सम्झना गरी कार्यक्रम गर्नु आफैमा प्रशंसनिय रहेको बताए । उनले आफू छविलाल नेपालकै वंशको भएकाले पनि समाजले छविलालप्रति देखाएको सद्भावले आफु अत्यन्त खुसी भएको बताए ।
पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले अग्रजहरुको सम्मान गर्दै उनीहरुले देखाएको बाटो पहिल्याउनु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे । उनले हरेक वर्ष समाजले नयाँ साहित्यकार, सर्जकहरुलाई सम्मान र पुरानाहरुलाई सम्झना गर्दै आएको बताए । कार्यक्रममा बीपी प्रतिष्ठान पाल्पाका अध्यक्ष डा.टंकप्रसाद पन्थ, कृष्ण उपन्यासका लेखक डा.शंकरप्रसाद गैरे, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई, साहित्यकार भावना खनाल लगायतले कवि छविलाल नेपालले पाल्पाली साहित्य क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको प्रसंशा गर्दै आफुहरु त्यो बाटोमा लाग्ने प्रण गरेका छन् ।
कार्यक्रममा पाल्पाका साहित्यिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि र साहित्यानुरागीहरुको उपस्थिती रहेको थियो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, समाजका कोषाध्यक्ष पुरुषोत्तम अर्यालको स्वागत, समाजकी सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!