हँसिया प्रहार गरी बालकको हत्या
शनिबार, असार २, २०८०
रामपुरका सहकारीलाई सूूचना प्रणाली व्यवस्थापन तालिम
शुक्रबार, असार १, २०८०
जिल्लाको रामपुरमा सहकारीको सुचना प्रणाली व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको छ । नगर भित्र रहेका सहकारीहरुलाई सूूचना प्रविधित्री बनाउने र सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरिएको हो ।
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा
बिहीबार, जेठ ३२, २०८०
पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पूर्णखोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप दिएसंगै नगरपालिकालाई बुधबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम
बिहीबार, जेठ ३२, २०८०
जिल्लाको रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा ९ जब्गादीमा रामपुर नगरपालिकाको लक्षित वर्ग तर्फको कार्यक्रम अन्तर्गत छुवाछुत र कुरिति सम्बन्धी प्रशिक्षण सहितको सचेतनामूलक कार्यक्रम भएको हो ।
रामपुरमा युवा उद्यमीहरुबिच अन्तक्र्रिया
बुधबार, जेठ ३१, २०८०
रामपुर नगरपालिका र युवा स्वरोजगार व्याज अनुदानमा आवद्ध युवा उद्यमीहरुबिच अन्तक्र्रिया कार्यक्रम भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत व्याज अनुदानमा आवद्ध युवाहरुबिच अन्तक्र्रिया भएको हो ।
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण
बुधबार, जेठ ३१, २०८०
स्थानीय स्तरमा रहेका द्रुत प्रतिकार्य समिति र टोलीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका भित्र रहेको दु्रत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण प्रदान गरिएको हो ।
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान
बुधबार, जेठ ३१, २०८०
जिल्लाको रामपुरमा भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको छ । भुस्याहा कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रामपुरमा भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको हो ।

तानसेनलाई चलायमान बनाउन पर्यटन केन्द्रित बजेट ल्याउन पत्रकारहरुको सुझाव
मंगलबार, जेठ ३०, २०८०
तानसेनको भविष्य पर्यटनसँग जोडिएकोले पर्यटकीय पूर्वाधार निर्माणमा नीति, कार्यक्रम बनाई बजेट विनियोजन गर्न पाल्पाली पत्रकारहरुले सुझाव दिएका छन् । तानसेनमा प्रशस्त मात्रामा ऐतिहासिक, धार्मिक, पुरातात्विक, प्राकृतिक सम्पदाहरु रहेकोले ती सम्पदाहरुलाई पूर्वाधारको माध्यमबाट व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तानसेन नगरपालिकाले एक सुत्रिय रुपमा पर्यटन क्षेत्रमा लगानी गर्न पत्रकारहरुले सुझाव...

बालमैत्री नगर घोषणाको तयारीमा रामपुर : सूचकका बारेमा छलफल गर्दै
सोमबार, जेठ २९, २०८०
जिल्लाको रामपुर नगरपालिका बालमैत्री नगर घोषणाको तयारीमा जुटेको छ । उसले आगामी ३ वर्षभित्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको छ । नगरपालिकाले अहिले बालमैत्री घोषणाका लागि आवश्यक सूूचका बारेमा विभिन्न व्यक्ति, संघ संस्थाहरुसँग छलफल तथा अन्तक्र्रियालाई तिव्रता दिएको पाइन्छ ।

भुसलडाँडा टोल विकास संस्थाको अधिवेशन, अध्यक्षमा पुनः सापकोटा
बिहीबार, जेठ २५, २०८०
भुसालडाँडा टोलविकास संस्थाको साधारणसभा तथा अधिवेशन भएको छ । तानसेन नगरपालिका –१ मा गठित टोलविकास संस्थाको सातौं साधारण सभा तथा अधिवेशन भएको हो ।

पर्यटक भिर्याउन रेसुङ्गा नगर सरकारको जुक्ति, थाल्यो ‘जाउँ हिड रेसुङ्गा’ अभियान
बुधबार, जेठ २४, २०८०
लामो समयको कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अझै पनि माथि उठ्न सकेको छैन । देशका धेरै प्रख्यात पर्यटकीय क्षेत्रहरु अहिले पनि सुुनसान जस्तै छन् । स्थानीय, प्रदेश र संघीय सरकारको प्राथमिकतामा पर्यटकीय क्षेत्र नपरेका कारण पनि थुप्रै पर्यटकीयस्थलहरु सुनसान छन् ।

बेरुजु बारे फैलाइएको गलत प्रचारप्रति रामपुर नगरपालिकाको ध्यानाकर्षण
मंगलबार, जेठ २३, २०८०
जिल्लाको रामपुर नगरपालिकाले बेरुजुु बारे फैलाइएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन र विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भइरहेको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।