स्थानीय

मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु

Shittalpati Reporter

पाल्पा, तानसेन ८, जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा मादकपदार्थ सेवन गरी लडेका विक्रम श्रेष्ठको मृत्यु भएको छ । मंगलबार बिहान मादकपदार्थ सेवन गरी लडेका २५ वर्षिय विक्रम श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता गौतम बहोराका अनुसार श्रेष्ठ सहित ३/४ जना साथीहरु जन्मदिन मनाएर मादकपदार्थ सेवन गरी सडकमा सुतिरहेको अवस्थामा ट्रकले बाटो छाड्न हर्न बजाउँदा समेत सडक छाड्न मानेका थिएनन् । ग २ ख १०१५ नम्बरको ट्रकले हर्न बजाउँदा समेत बाटो नछाडेपछि उल्टै श्रेष्ठ सहित साथीहरुले ट्रकको सहचालकलाई कुटपिट गर्न ट्रकमा चढ्न खोजेपछि लडेर घाइते भएका थिए । श्रेष्ठ घाइते भएपछि लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पठाइएको र उनको अस्पतालमै निधन भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, श्रावण ३१, २०७९, ०२:५३:००
प्रतिक्रिया दिनुहोस्