Shittalpati
गुल्मीको कालीगण्डकी: खानेपानी बर्ष मनाउँदै
undefined

हाम्रा संवाददाता

गुल्मी, (पूर्तिघाट)

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाले चालु आर्थिक बर्षलाई खानेपानी बर्षका रुपमा बिकास गर्ने योजना अनुसार यो बर्ष गाउँ सरकारको बजेटको ६० प्रतिसत भन्दा धेरै बजेट ,एक घर एक धारा, अन्र्तगत खर्च गर्ने अभियानका साथ काम शुरु गरेको छ ।
गाउँ सरकारको बिकास बजेट ८ करोड ३३ लाख मध्ये ५ करोड भन्दा धेरै बजेटको लागतमा गाउँपालिकाका वडाहरुमा एक घर एक धारा, योजना र उपभोक्ता समिति मार्फत निर्माण हुन लागेकोले यो बर्षलाई खानेपानी बिकास बर्षका रुपमा अभियान थालिएको गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले बताए ।
अध्यक्ष थापाले भने, पुर्वाधार बिकासका कार्यक्रम अन्र्तगत गाउँपालिका वडा १ हर्मिचौरको दिहिङ्कका ५० घर परिवारहरु, गिदुवाका १ सय दश घर लाभान्वित हुने गरि १ करोड ५० लागतमा एक घर एकधारा अन्र्तगतका योजनाहरु सम्पन्न हुन लागेको छ । वडा २ अर्वेनीको मालारानी खानेपानी योजना अन्र्तर्गत अर्वेनीको दमौखानी टोलका ६८ घर परिवारलाई ६० लाखको लगानीमा एक घर एक धारा, कार्यक्रमले ४ सय पचास जना लाभान्वित हुने छन् ।
स्थानीय समाजसेवी, नेपाली काँग्रेस अर्वेनीका सभापति रामप्रसाद न्यौपानेका अनुसार, गाउँ पालिकाले यो बर्ष, एक घर एक धारा, कार्यक्रम अन्र्तगत अत्यान्तै प्रभावशाली काम गरेकोले, यस्तो कार्य सबै स्थानीयतहले गर्नुपर्ने बताए । यसै गरी ५० लाख वरावरको लागतमा र खड्गकोटको लुङ्कखानी खानेपानी आयोजना र वडा ४ को वकेङ्क, लर्पतुङ्क, छहादी, तल्लोडाडा, उपल्लोडाडाका २ सय ९८ घरपरिवारलाई,एक घर एकधारा, कार्यक्रमका लागि १ करोड २० लाखको वजेट विनियोजन गरिएको छ । यो योजना सम्पन्न भए पछि यस क्षेत्रका जनतामा देखिएको खानेपानी समस्या समाधान गर्न सहज हुने छ । बर्षौ देखि खानेपानीको समस्या खेपी रहेका जनता लाभान्वित हुनेछन् ।
गाउँपालिकाका उपाध्यक्ष तारा थापाले, खानेपानी अभावका कारण त्यहाँका महिलाहरुलाई हुने समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी हुने बताईन । उनले भनिन्, यसबाट महिला तथा वालवालिकालाई सहजता हुने र स्वच्छ खानेपानी उपलब्ध भएको खण्डमा सर्वसाधारणको स्वास्थ्यमा देखा पर्ने समस्या समाधान गर्न सहज हुने विश्वास लिईएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बावुराम पल्लीले, यो बर्षलाई एकघर एक धारा कार्यक्रम अन्र्तगतका योजनाहरु सम्पन्न गर्ने कार्य सरकारले महत्व दिए पछि जनतामा खुसी छाएको बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update