खेलकुद

आईपीएल छाडे आश्विनले

Shittalpati Reporter

काठमाडौं, दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्रन आश्विनले बीचमै इन्डियन प्रिमियर लिग (आईपीएल) छाडेका छन् । उनले परिवारसँग समय बिताउन भन्दै टिम छाडेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् ।

दिल्लीले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै चौथो जित हात पारेपछि आश्विनले प्रतियोगिता छाड्ने निर्णय लिएका हुन् । साथै उनले अवस्थाले साथ दिए फेरि फर्कने समेत जनाएका छन् । ‘म यस वर्षको आईपीएलबाट ब्रेक लिँदैछु,’ आश्विनले लेखेका छन्, ‘मेरो परिवार र विस्तारित परिवार कोभिड–१९ विरूद्ध लडाइँ गर्दै छन् र म उनीहरूलाई यो कठिन समयमा सहयोग गर्न चाहन्छु । यदि चिजहरु सही दिशामा गए भने म खेलमा फर्कने आशा गर्दछु ।’ आश्विनले दिल्लीले खेलेका ५ वटै खेल खेलेका थिए । मुम्बईबाट यस सिजनको आईपीएल सुरु गरेको दिल्लीले चेन्नाईमा हुने खेल सकाएको छ र सोमबार अहेमदवाद प्रास्थान गर्नेछ । आइतबारै राजस्थान रोयल्सका अष्ट्रेलियन खेलाडी एन्ड्रु त्येले पनि आईपीएल छाडेका छन् र व्यक्तिगत कारण देखाउँदै उनी घर फर्केका छन् । गत साता राजस्थानकै लिया लिभिङ्गस्टो पनि थकानलाई कारण देखाउँदै इंग्ल्याण्ड फर्केका छन् । यसअघि नै राजस्थानका बेन स्टोक्स चोटका कारण बाहिरिसकेका छन् ।


प्रकाशित मिति: मंगलबार, बैशाख १४, २०७८, ०१:२४:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

भारतलाई हराउँदै नेपाल फाइनलमा मंगलबार, बैशाख १४, २०७८, ०१:२४:००
सुष्मालाई बक्सिङमा रजत पदक मंगलबार, बैशाख १४, २०७८, ०१:२४:००
रिहा भए सन्दीप लामिछाने मंगलबार, बैशाख १४, २०७८, ०१:२४:००