Shittalpati
भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं, नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ढाकामा आज (मंगलबार) भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे । भारतका लागि अपूर्णा नार्जारीले सान्त्वना गोल गरिन् । खेलको २१ औँ मिनेटमा भारतकी अपूर्णाले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर खेलको दोस्रो हाफमा भने नेपालले तीन गोल गर्यौं। खेलको ४८ औँ मिनेटमा नेपालका लागि चन्दले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याइन् । खेलको ६९ औँ मिनेटमा कप्तान राईले पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याइन् । खेलको ८९ औँ मिनेटमा नेपालकी कार्कीले तेस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाइन् । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी छन् ।–रासस

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update