लुम्बिनी

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

Shittalpati Reporter

लुम्बिनी, लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्ने छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो । –रासस


प्रकाशित मिति: आइतवार, फाल्गुन १४, २०७९, ०४:२४:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या आइतवार, फाल्गुन १४, २०७९, ०४:२४:००
लुम्बिनी प्रदेश सरकार विस्तार आइतवार, फाल्गुन १४, २०७९, ०४:२४:००