Shittalpati
पाल्पामा गठबन्धनको भागबण्डा टुंग्यो, काँग्रेसलाई ६, एस र माओवादीलाई २/२ पालिका
पाल्पामा गठबन्धनको भागबण्डा टुंग्यो, काँग्रेसलाई ६, एस र माओवादीलाई २/२ पालिका लामो छलफल पछि पाल्पामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ । आसन्न स्थानीयतह निर्वाचनका लागि शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो ।
धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी
धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । बुधबार तानसेनको लहरेपिपलमा एक औपचारिक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गरिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले गठबन्धनबिचको छलफल सहमति नजिक पुगेको बताएका छन् ।
गुल्मीमा काँग्रेसको क्षेत्रीय संसदीय बोर्ड गठन
गुल्मीमा काँग्रेसको क्षेत्रीय संसदीय बोर्ड गठन नेपाली काँग्रेस गुल्मीको क्षे नं २ को क्षेत्रीय संसदीय बोर्ड गठन भएको छ । सभापति चन्द्र बहादुर महतको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेस क्षेत्र नं.२, को विधान अनुसार क्षेत्रीय संसदीय बोर्डको गठन गरिएको हो ।
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । युनियनका गतिविधि र विचारलाई आत्मसाथ गर्दै घिमिरे मंगलबार युनियन प्रवेश गरेका हुन् ।
गुल्मी काँग्रेसको संसदीय बोर्ड गठन
गुल्मी काँग्रेसको संसदीय बोर्ड गठन नेपाली काँग्रेस गुल्मीले संसदीय बोर्डको गठन गरेको छ । सभापति खिलध्वज पन्थीको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधान अनुसार गुल्मी काँग्रेसको संसदीय बोर्डको गठन गर्ने निर्णय बमोजिम बोर्ड गठन भएको हो ।
गुल्मीमा दलहरु उम्मेदवार छनोट गर्न व्यस्त
गुल्मीमा दलहरु उम्मेदवार छनोट गर्न व्यस्त आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म काँग्रेस, एमाले र माओवादी...
पाल्पामा राप्रपाको घरदैलो अभियान सुरु
पाल्पामा राप्रपाको घरदैलो अभियान सुरु राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले पनि घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राप्रपाले चुनावी घरदैलो अभियान सोमबारदेखि सुरु गरेको हो । उसले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपालाई अमूल्य मत दिएर विजयी गराउन भन्दै घरदैलो अभियान सञ्चालन गरेको छ ।
पाल्पा काँग्रेसको सञ्चार समितिले गर्यो प्रेस युनियनसँग छलफल
पाल्पा काँग्रेसको सञ्चार समितिले गर्यो प्रेस युनियनसँग छलफल नेपाली काँग्रेसको सूचना तथा सञ्चार समितिले नेपाल प्रेस युनियनसँग छलफल गरेको छ । समितिले आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा छलफल गरेको हो ।
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड नेपाली काँग्रेस पाल्पाले जिम्मेवारी बाँडफाँड गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसले विभिन्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको हो ।
निस्दीको नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट
निस्दीको नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट जिल्लाको निस्दी गाउँपालिका नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । नेपाली काँग्रेस निस्दीको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको हो ।
जित्नेलाई सिफारिस गरौँ, मेरो होईन हाम्रोलाई उम्मेदवार बनाऔं : नेता केसी
जित्नेलाई सिफारिस गरौँ, मेरो होईन हाम्रोलाई उम्मेदवार बनाऔं : नेता केसी  नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आगामी स्थानीय तहको निर्वाचनमा जित्नेलाई मात्र उम्मेदवारका लागि सिफारिस गर्नु पर्ने बताएका छन् ।
Weather Update