Shittalpati
गुल्मी–२ : विष्ट विजयी, झाक्री पराजित

गुल्मी, गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरी विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन् ।

पराजित भएसँगै झाँक्रीले चुनावले आफूलाई समाजमा भएको राजनीतिको गलत प्रयोग बुझ्ने अवसर मिलेको बताएकी छन् । उनले निर्वाचित विष्टलाई बधाई तथा शुभकामना पनि दिएकी छन् ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update