Shittalpati
पाल्पा –२ मा गैरेले मतान्तर घटाए, पछ्याउँदै पाण्डेय

पाल्पा, पछिल्लो मत परिणाम अनुसार पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ठाकुर प्रसाद गैरेले मतान्तर घटाएका छन् । उनले एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसँगको मतान्तर केही घटाएका हुन् ।

गैरे यस अघि सार्वजनिक गरिएको मतपरिणाम अनुसार २ हजार २ सय ८ मतले अगाडि थिए । अहिले उनले २ हजार १ सय ७७ मत ल्याएर पाण्डेयलाई पछि पारेका छन् । यो अघिको मत भन्दा ३१ ले कम हो । गैरेले ९ हजार ८ सय ९२ मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेयले ७ हजार ७ सय १५ मत मात्रै ल्याए । यो बगनासकालीका ९ वटा वडा र तानसेनका ७ वटा वडाको अन्तिम मत परिणाम हो ।

यहाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले २ हजार ६ सय ५३, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार २ सय ४९, स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ३ सय २९ ,अर्को स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ४७ मत पाएका छन् । यहाँ घर चिन्हले १ सय ५१, छाताले ६४ र तिरले ६२ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update