Shittalpati
पाल्पा–२ (१) मा २ हजार बढी मतले काँग्रेसका वीरबहादुर राना अगाडि

पाल्पा, पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा छन् । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म २ हजार १ सय ३९ मतले अगाडि आएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार रानाले ९ हजार ७ सय ८८ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका परशुराम भट्टराईले ७ हजार ६ सय ४९ मत ल्याएका छन् । मन्त्री रानालाई सुरुदेखिको अग्रताले विजयीको नजिक पुर्‍याएको छ ।

यहाँ मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार २ सय ३९,राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार १ सय ३ मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा १ सय ७३, छातामा १ सय १८ र मादल चिन्हमा ५९ मत खसकेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update