वर्षाले किसान उत्साहित
आइतबार, वैशाख ७, २०८२
‘रुख रोपौं, वातावरण संरक्षण गरौं’ विषयक गोष्ठी तानसेनमा
आइतबार, वैशाख ७, २०८२
रुख रोपौं वातावरण संरक्षण गरौं’ विषयक एक दिने गोष्ठी तानसेनमा भएको छ । तानसेन नगरपालिका –२ वडा कार्यालयको आयोजना र प्रजातान्त्रिक विचार समाजको समन्वयमा गोष्ठी भएको हो ।
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
शनिबार, वैशाख ६, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका –१ पिपरतुङमा भिरबाट लडेर एक पुुरुषको मृत्यु भएको छ । मृत्युु हुनेमा स्थानीय ६५ वर्षीय कृष्णबहादुर चिदी रहेका छन् ।
किसानलाई मौरीसहित सामग्री वितरण
शनिबार, वैशाख ६, २०८२
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङका मौरीपालक किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरिएको छ । प्रगति किसान सहकारी संस्थामार्फत मौरीपालक किसानको लागत घटाउँदै बढी मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो ।
तम्घासमा दोस्रो गुल्मी महोत्सव
शनिबार, वैशाख ६, २०८२
दोस्रो गुल्मी महोत्सव सदरमुकाम तम्घासस्थित नुनथलामा शुक्रबारदेखि सुरु भएको छ । गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा गुल्मी जिल्लाको समृद्धिको आधार: कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन भएको हो ।
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
शनिबार, वैशाख ६, २०८२
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।
पाल्पाकी एक युवतीमाथि गोली प्रहार, गोली प्रहार गर्नेलाई खोज्दै प्रहरी
शनिबार, वैशाख ६, २०८२
बुटवलमा पाल्पाकी एक युवतीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले भन्यो –‘कक्षा १२ को परीक्षा सरेको छैन’
शुक्रबार, वैशाख ५, २०८२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको स्पष्ट पारेको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले विज्ञप्ति नै निकालेर परीषा नसरेको बताएको हो ।
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नु : प्रधानमन्त्री
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयको भर्ना प्रभावित, निजीमा धमाधम भर्ना
शुक्रबार, वैशाख ५, २०८२
शिक्षक आन्दोलनका कारण पाल्पासहित देशभैभरका सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित बनेको छ । सरकारले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गरे पनि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुँदा भर्ना अभियान नै प्रभावित बनेको हो ।
आज विश्व सम्पदा दिवस मनाइँदै
शुक्रबार, वैशाख ५, २०८२
आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइँदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
शुक्रबार, वैशाख ५, २०८२
देशभरिका बालबालिकालाई यही बैंशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन लागिएको जनाएको छ ।
व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना
शुक्रबार, वैशाख ५, २०८२
जिल्लाको रामपुरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम भएको छ । नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाले जडा नं. ९ मा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।


