Shittalpati
सरोकारवाला भन्छन् ‘गण्डकी सभ्यता बचाउन डाइभर्सन खारेज गर्नैपर्छ’
सरोकारवाला भन्छन् ‘गण्डकी सभ्यता बचाउन डाइभर्सन खारेज गर्नैपर्छ’ पाल्पा, स्याङजा, तनहुँ र नवलपुर पूर्व नवलपरासीका सरोकारवालाहरुले गण्डकी सभ्यता बचाउन कालीगण्डकी तिनाउ डाइभर्सन खारेज गर्नुपर्ने बताएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा  पाल्पाको रामपुरमा भएको कार्यक्रममा सहभागीहरुले कालीगण्डकी डाइभर्सन खारेज गर्नुपर्ने बताएका हुन् ।
रुपन्देही र पाल्पाका पालिकाकाबीच असल अभ्यासको थालनी
रुपन्देही र पाल्पाका पालिकाकाबीच असल अभ्यासको थालनी बुटवल उपमहानगरपालिकासँग सिमाना जोडिएका रुपन्देही र पाल्पाका छ वटा स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन् ।
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र  सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।
 छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
 छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, काठमाडौं, कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ दुवाललाई
‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ दुवाललाई बरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले  पिता स्व. कमलराज रेग्मीको स्मृतिमा स्थापित ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबिच सो पुरस्कार दुवाललाई प्रदान गरेको हो ।
सिद्धबाबा सुरुङमार्ग  :  धमाधम काम, भौतिक प्रगति ५३.४१ प्रतिशत
सिद्धबाबा सुरुङमार्ग : धमाधम काम, भौतिक प्रगति ५३.४१ प्रतिशत राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
पाल्पाको छहरामा वृहत ‘साहित्य संगम’
पाल्पाको छहरामा वृहत ‘साहित्य संगम’ जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा वृहत ‘साहित्य संगम’ कार्यक्रम भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा ‘साहित्य संगम’ कार्यक्रम भएको हो ।
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन् । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । 
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्‍याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैँ कखरा सिक्दै छन् ।
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
रिडी–तम्घास सडक कालोपत्र गरिँदै मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । 
आज घरघरमा तुलसीको दल राखिंदै
आज घरघरमा तुलसीको दल राखिंदै वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले मनायो ३५ औं स्थापना दिवस
नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले मनायो ३५ औं स्थापना दिवस नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले ३५ औं स्थापना दिवस मनाएको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
Weather Update