Shittalpati
आज परमाणु हतियार निर्मूल दिवस

पाल्पा, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्र संघको आÞवानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ ।

 विश्वलाई परमाणु हतियारमुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो । सन् १९४६ मा बसेको संयुक्त राष्ट्र संघको महासभामा संसारबाट परमाणु हतियार निर्मुल पार्ने संकल्प गरिएको थियो । संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियारमुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए । विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, रुस, बेलायत, भारत, इरान, चीन, जापान, कोरिया लगायतका देशमा भने अझै पनि परमाणु भट्टीहरु सञ्चालनमा रहेका छन् । यसले परमाणु हतियारको त्रास कायमै छ । संयुक्त राष्ट्र संघले आफ्ना विभिन्न सभामा परमाणु निर्मुलीकरणका लागि योजनाहरु पेश गर्दै आएको छ भने राष्ट्र संघका सबैजसो महासचिवले यो उद्देश्यलाई प्राथमिकता दिँदै आएका छन् । संसारमा अहिले करिब १४ हजार भन्दा बढी परमाणु हतियार रहेको अनुमान छ । अमेरिकाले आफ्नो परमाणु उर्जा आयोगलाई सन् १९५२ मा भंग गरेको थियो । तर त्यसअघि नै जापानको नागासाकी र हिरोसिमामा अमेरिकाले गरेको परमाणु आक्रमणले लाखौं मानिसको ज्यान लिएको थियो । संयुक्त राष्ट्र संघले आफ्ना विभिन्न सभामा परमाणु निर्मुलीकरणका लागि योजनाहरु पेश गर्दै आएको छ भने राष्ट्र संघका सबैजसो महासचिवले यो उद्देश्यलाई प्राथमिकता दिँदै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update