Shittalpati
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।
काँग्रेसको वडा अधिवेशन प्रारम्भ
काँग्रेसको वडा अधिवेशन प्रारम्भ नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि वडा अधिवेशन हुन लागेको हो ।
गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग
गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग कोरोना महामारीका कारण देशका अधिकांस साना तथा घरेलु उद्योगहरु बन्द भइरहेका बेला गुल्मीको कालीगण्डी गाउँपालिकाको पूर्तिघाटमा भने चप्पल उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी बुद्धि घर्ती मगर र विक्रम श्रीस मगरले १० लाख रुपैयाँको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् ।
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । स्वीकृत पाएको साढे ३ महिनाको अवधिमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।
अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा
अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ ।
गुल्मीमा नागरिकता बनाउन प्रशासन आउन नसक्नेलाई घरमै नागरिकता
गुल्मीमा नागरिकता बनाउन प्रशासन आउन नसक्नेलाई घरमै नागरिकता जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउन आउन नसक्नेहरुका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घर–घरमा पुगेर नागरिकता वितरण गरेकी छन् ।
पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२
पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन् ।
पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते
पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते जिल्लाको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका विद्यार्थीहरुले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले विभिन्न समस्याहरु देखाउदै क्याम्पस प्रमुख हरि बहादुर खत्रीको ध्यानाकर्षण गराएका हुन् ।
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा जिल्लाको बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । शाखाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम, योजना तथा गतिविधिका विषयमा समीक्षा गरेको हो ।
जुनेली साहित्य समाज गठन
जुनेली साहित्य समाज गठन जुनेली साहित्य समाज नेपालको गठन भएको छ । नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन भएको हो ।
Weather Update