Shittalpati
शान्ति समाज गुल्मीको साधारण सभा

गुल्मी, मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रथम वार्षिक साधारण सभा गरेको छ । समाजले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच तम्घासको बालमन्दिरमा सभा मनाएको हो ।

सभाको रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भूषालले हरेक नागरिकले अधिकारसँगै कर्तव्यको पालना गर्नुपर्ने बताए । उनले नागरिकको अधिकारका विषयमा काम गर्ने उद्देश्यले जिल्लामा धेरै संस्थाहरु गठन भएता पनि अहिलेसम्म नागरिकको हक अधिकारको विषयमा जिल्लामा उल्लेखनीय त्यस्तो कुनै पनि काम नभएको धारणा व्यक्त गरे ।

समाजले जिल्लाका सबै ठाउँका नागरिकको अधिकारको विषयमा कुरा उठाउने विश्वास व्यक्त गर्दै प्रमुख भुसालले भने ‘अहिलेसम्म पनि नागरिकहरु अधिकारबाट बञ्चित छन् । नागरिक अधिकारहरु सहित महत्वपूर्ण अन्य विषयमा पनि यस संस्थाले कुरा उठाउने छ ।’
कार्यक्रमका प्रमुख वक्ता समाजका केन्द्रीय उपसभापति कृष्ण बहादुर रावल मानव अधिकारसँगै शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुता जोडिएको बताए । उनले मानव अधिकार तथा शान्ति सुरक्षाका विषयमा आवाज उठाउने तथा त्यस्ता कार्यहरुमा सहजिकरण गर्ने उल्लेख गरे । आर्थिक सहयोगको अपेक्षा गर्दैन यो एक स्वयंसेवी संस्था हो उपसभापति रावलले भने, ‘संस्थाले देशमा भएको ऐतिहासिक जनआन्दोलनमा मत्वपूर्ण भूमिका खेलेको थियो ।’ हाल विश्वमा देखिएका विभिन्न समस्याहरुको प्रभावबारे यस संस्थाले सचेतना अभियान चलाएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेल, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, नागरिक समाज, पत्रकार लगायतको उपस्थित रहेको थियो । जिल्ला शाखाका सभापति ढुण्डीराज पोख्रेलको सभापतित्व, उपसभापति डोर विक्रम श्रीसको स्वागत, सचिव गणेश बहादुर अधिकारी र सहसचिव बालसिंह खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update