३ लाख ४८ हजार डोज खोप आइपुग्यो
आइतबार, फागुन २३, २०७७
वरिष्ठ पत्रकार चापागाईंलाई विद्यावारिधिको उपाधि
आइतबार, फागुन २३, २०७७
वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधिको उपाधि प्रदान गरिने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चापागाईंलाई ‘बौद्ध दर्शन र सञ्चार’ शोध प्रबन्धमा विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !
आइतबार, फागुन २३, २०७७
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकता विवादको छिनोफानो सुनाएसँगै ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज भएको हो ।
आफ्नैबाट असुरक्षा
आइतबार, फागुन २३, २०७७
गुल्मीको रेसुङ्गा नगरपालिका–३ की २१ वर्षीया सम्झना बोहराको आफ्नै माइला ससुरा पर्नेबाटै हत्या भएको छ । ४७ वर्षीय लालबहादुर खत्रीले आफ्नै बुहारी पर्ने सम्झनालाई हत्या गरेको गुल्मी प्रहरीले जनाएको छ । सम्झना गत माघ २९ मा बेपत्ता भएकी थिइन् । फागुन १७ गते घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको...
पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट
आइतबार, फागुन २३, २०७७
कोरोना विरुद्धको खोप अभियान अन्तर्गत फागुन २३ गते (आज)देखि जिल्लामा ७१ स्थानबाट खोप लगाइदै छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका प्रमुख विश्व विश्वनाथ न्यौपानेका अनुसार दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका जेष्ठ नागरिकहरुलाई आजदेखि खोप लगाउन थालिएको हो ।
रोटरी क्लवको विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर
शनिबार, फागुन २२, २०७७
तानसेन नगरपालिका १० तेल्घामा रहेको बालकन्या भगवती आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनिले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क आँखा तथा दाँतको स्वास्थ्य शिविर आयोजना गरिदिएको हो ।
गुल्मीका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाइदै
शनिबार, फागुन २२, २०७७
जिल्लामा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गतेबाट जिल्लाका १२ वटा स्थानीय तहमध्ये ८ स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानी प्रसाद शर्माले बताए । फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिकालाई दोस्रो चरण अन्र्तगतको पहिलो खोप लगाउने...
पाल्पामा खोप अभियान प्रभावकारी बनाइँदै
शुक्रबार, फागुन २१, २०७७
रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा कोभिड –१९ विरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाईने भएको छ । पहिलो चरणको प्रथम प्राथमिकताको खोप अभियानमा ९३ प्रतिशत उपलब्धि हासिल गरेको स्वास्थ्य कार्यालय पाल्पाले यो अभियानलाई थप प्रभावकारी बनाउने गरी अगाडि बढेको हो । अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै पालिका, वडास्तरमा खोप समन्वय समिति...
सरकार र विप्लव समूहबीच सहमतिमा हस्ताक्षर
शुक्रबार, फागुन २१, २०७७
काठमाडौं, नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि...
देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय, तपोवनसहितको शैक्षिक संरचना बन्दै
शुक्रबार, फागुन २१, २०७७
लुम्बिनी, लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धको मावली देवदहमा शुक्रबारदेखि डीन कार्यालय स्थापना गरेको छ । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिब ९० बिघा जमिन उपलब्ध गराउने निर्णय गरेसँगै विश्वविद्यालयले डीनको कार्यालय स्थापना गरेको हो ।
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै
बिहीबार, फागुन २०, २०७७
जिल्लाका स्थानीय तहहरुले समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाउने तयारी थालेका छन् । कोभिडको महामारीबाट आमनागरिक समेत प्रभावित बनेको भन्दै स्थानीय तहहरुले समुदायस्तरबाटै खोप लगाउने तयारी थालेका हुन् ।


-1762576335.jpg)