पाल्पामा थप ३१ जना संक्रमितले कोरोना जिते
आइतबार, भदौ १३, २०७८
बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग
आइतबार, भदौ १३, २०७८
बेपत्ता परिवारका सदस्यले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् । एघारौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा एड्भोकेसी फोरम नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनीहरुले बेपत्ता पारिएका जीवित वा मृत कुन अवस्थामा छन् भन्ने जानकारी नहुँदा परिवारलाई थप पीडा भइरहेकाले स्थिति सार्वजनिक गरी बेपत्ता...
हराएका मोटरसाइकल फेला
आइतबार, भदौ १३, २०७८
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
बाबुछोरा मृत भेटिए
शनिबार, भदौ १२, २०७८
पश्चिम नवलपरासीमा बाबुछोरा मृत भेटिएका छन् । बाढीका कारण घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत फेला परेका हुन् ।
गुल्मीमा आशा अपाङ्ग केन्द्रलाई दियो युनाइटेड साकोसले स्वास्थ्य सामग्री
शनिबार, भदौ १२, २०७८
युनाइटेड बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड तम्घास गुल्मीले आशा अपाङ्ग केन्द्रलाई स्वास्थ्य सामग्री दिएको छ ।
खसी, बोका बिक्रीबाट करोडको आम्दानी !
शुक्रबार, भदौ ११, २०७८
स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गरे । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उनलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो ।
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो
शुक्रबार, भदौ ११, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ २५ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।
उद्यमी बन्न होडबाजी
शुक्रबार, भदौ ११, २०७८
जिल्लामा पछिल्लो समय उद्यमी बन्ने होडबाजी नै चलेको छ । उद्यमी बन्न चाहनेहरुका लागि स्थानीय सरकार र गैरसरकारी संघसंस्थाहरुले आवश्यक ज्ञान, सिप र प्रोत्साहन गर्न थालेपछि यहाँका नागरिकहरु उद्यमी बन्ने होडमा लागेका हुन् ।
माथागढीमा स्वास्थ्य क्षेत्रको समीक्षा
बिहीबार, भदौ १०, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य क्षेत्रको बार्षिक समीक्षा गरिएको छ ।
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस
बिहीबार, भदौ १०, २०७८
नेपाली काँग्रेस कालिगण्डकी गाउँपालिका १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । आसन्न महाधिवेशनको लागि काँग्रेसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको हो ।
जनगायक टुहुरेको निधन
बिहीबार, भदौ १०, २०७८
वरिष्ठ जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पाल्पामा बिहीबार २४ जना संक्रमितले कोरोना जिते, १७ जनामा संक्रमण
बिहीबार, भदौ १०, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २४ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १६ जना महिला र ८ जना पुरुष कोरोनामुक्त भएका...
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो
बिहीबार, भदौ १०, २०७८
पाल्पाका दलित तथा सीमान्तकृत समुदायका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालित कर्मठ बालिका शैक्षिक उपलब्धि प्रवद्र्धन कार्यक्रमले विद्यालय शिक्षामा रुचि बढेको हो ।


