होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया
मंगलबार, साउन १२, २०७८
अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या
सोमबार, साउन ११, २०७८
विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के’, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।’
सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नुपर्छ : डा. महत
सोमबार, साउन ११, २०७८
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नु पर्ने बताए । नेपाली काँग्रेस गुल्मीले सोमबार बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्नु पर्ने बताएका हुन् ।
माधव समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने : नेता ज्ञवाली
सोमबार, साउन ११, २०७८
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले माधव नेपाल समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशाअनुसार नै पार्टी एकता हुने र एकहप्ता भित्र पनि माधव कमरेड लगायतका साथीहरु तत्काल नआएमा कुरेर नबस्ने बताए ।
पाल्पामा सोमबार १ सय ११ संक्रमितले कोरोना जिते
सोमबार, साउन ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ११ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ११ जना संक्रमितले कोरोना जितेका हुन् ।
‘माधव समूहका गल्ती हेर्दा पानी खाने ठाउँ समेत छैन’
आइतबार, साउन १०, २०७८
नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले माधव समूहका गल्तीहरु हेर्दा पानी खाने ठाउँ समेत नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
पाँच महिने बालिकाको हत्या
आइतबार, साउन १०, २०७८
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।
कोभिड–१९ विरुद्धको खोप लगाउँदै
आइतबार, साउन १०, २०७८
आखाँ अस्पताल पाल्पामा घण्टौ लाईनमा बसेर कोभिड–१९ विरुद्धको खोप लगाउँदै गरेकी एक महिला । तानसेन नगरपालिकाले सम्पूर्ण वडाका नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्र लगाउने प्रवन्ध मिलाएको छ ।
मनाइयो गुरु पूर्णिमा
शनिबार, साउन ९, २०७८
गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइएको हो ।
काँग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित
शनिबार, साउन ९, २०७८
नेपाली काँग्रेसको साउन १२ गते हुने भनिएको तल्ता तहका सबै अधिवेशन स्थगित भएका छन् ।
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
शनिबार, साउन ९, २०७८
निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी
शनिबार, साउन ९, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाए शैक्षिक क्रियाकलापहरु सञ्चालन नगर्ने बताएका छन् । उनीहरुले जोखिम मोलेर शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्नु परेको भन्दै तत्काल खोप व्यवस्था नगरे सम्पूर्ण शैक्षिक गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन् ।


