गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग
शुक्रबार, भदौ १८, २०७८
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो
बिहीबार, भदौ १७, २०७८
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । स्वीकृत पाएको साढे ३ महिनाको अवधिमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।
अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा
बिहीबार, भदौ १७, २०७८
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ ।
गुल्मीमा नागरिकता बनाउन प्रशासन आउन नसक्नेलाई घरमै नागरिकता
बुधबार, भदौ १६, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउन आउन नसक्नेहरुका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घर–घरमा पुगेर नागरिकता वितरण गरेकी छन् ।
पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२
बुधबार, भदौ १६, २०७८
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन् ।
पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते
बुधबार, भदौ १६, २०७८
जिल्लाको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण
मंगलबार, भदौ १५, २०७८
रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका विद्यार्थीहरुले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले विभिन्न समस्याहरु देखाउदै क्याम्पस प्रमुख हरि बहादुर खत्रीको ध्यानाकर्षण गराएका हुन् ।
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा
सोमबार, भदौ १४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । शाखाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम, योजना तथा गतिविधिका विषयमा समीक्षा गरेको हो ।
जुनेली साहित्य समाज गठन
सोमबार, भदौ १४, २०७८
जुनेली साहित्य समाज नेपालको गठन भएको छ । नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन भएको हो ।
पाल्पामा कोरोना संक्रमितको संख्या घट्दै
सोमबार, भदौ १४, २०७८
कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत असार–साउन महिनामा एकाएक उकालो लागेको कोरोना संक्रमणको ग्राफ भदौ पहिलो सातादेखि भने परीक्षणको आधारमा ओरालो लाग्ने क्रममा छ ।
वर्षाले पाल्पाको अन्न भण्डार डुबानमा
सोमबार, भदौ १४, २०७८
लगातार परेको अविरल वर्षाका कारण पाल्पाको अन्न भण्डारको रुपमा परिचित माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।
करेन्ट लागेर मृत्यु भएका राउत परिवारलाई पाँच लाख सहित जागिर दिइने
सोमबार, भदौ १४, २०७८
जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ्गका १८ वर्षीय विक्रम राउतका परिवारलाई नेपाल विद्युत प्राधिकरणबाट पाँच लाख सहयोग र उपयुक्त जागिरको व्यवस्था गरिने सहमति भएको छ ।


