काँग्रेसको ६१ जिल्लामा मात्र अधिवेशन
बिहीबार, मंसिर १६, २०७८
उर्जा मन्त्री रानाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा
बिहीबार, मंसिर १६, २०७८
लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री एवं नेपाली काँग्रेसका नेता विर बहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
पाल्पाका सबै तहमा माओवादी केन्द्रको अधिवेशन, कहाँ कस्को नेतृत्व ?
बिहीबार, मंसिर १६, २०७८
सांगठनिक सुदृढीकरणमा जुटेको नेकपा माओवादी केन्द्रले पाल्पाका १० वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । माओवादीले पालिकमा सम्मेलन मार्फत सबैमा पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । केन्द्रले तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
पाल्पामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिदै
बिहीबार, मंसिर १६, २०७८
जिल्ला निर्वाचन कार्यालय पाल्पाले यही मसिंर १७ गते शुक्रबारदेखि जिल्लाका दशवटै पालिकामा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन कार्यालयले मसिंर १७ देखि २६ गतेसम्म पहिलो चरणमा र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गर्न लागेको हो ।
ओमिक्रोनको जोखिम बढ्दै गएकाले विदेश यात्रा नगर्न मन्त्रालयको आग्रह
बुधबार, मंसिर १५, २०७८
सरकारले कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो । मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको छ ।
घूससहित कार्यालय प्रमुख र अमिन पक्राउ
बुधबार, मंसिर १५, २०७८
चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।
नेपालमा एचआइभी/एड्सको संक्रमण दर घट्दो
बुधबार, मंसिर १५, २०७८
नेपालमा एचआइभी एड्स संक्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा संक्रमण दर घटेको अध्ययनले देखाएको हो ।
एमाले अध्यक्षमा ओली विजयी
मंगलबार, मंसिर १४, २०७८
नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए ।
काँग्रेस नेता पन्तद्वारा स्वास्थ्य सामग्री वितरण
मंगलबार, मंसिर १४, २०७८
नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् । उनले नेपाल सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री यहाँका विभिन्न गाउँपालिकाका स्वास्थ्यचौकीहरुलाई वितरण गर्दै आएका हुन् ।
यी हुन् गुल्मी काँग्रेस हाक्ने हस्तीहरु
मंगलबार, मंसिर १४, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीको सभापतित्वमा नयाँ नेतृत्व पाएको छ । अधिवेशनले जिल्लाको सिंगो पार्टीलाई हाक्ने युवा नेतृत्व दिएको छ । सभापतिमा निर्वाचित युवा नेता पन्थीले भारी मतसहित जिल्लाको नेतृत्व हात पारेका छन् । उनले खसेको कुल मत मध्ये एक हजार २ सय ७१...
ओमिक्रोन फैलिन नदिन निगरानी
सोमबार, मंसिर १३, २०७८
कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।
गुल्मी काँग्रेस सभापतिमा पौडेल पक्षका पन्थी विजयी
सोमबार, मंसिर १३, २०७८
नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीलाई सभापतिमा निर्वाचित गरेको छ । पन्थीले एक हजार २ सय ७१ मत ल्याए ।
एमाले महाधिवेशन: पाँच पदाधिकारी निर्विरोध
सोमबार, मंसिर १३, २०७८
नेकपा एमालेको १० औं महाधिवेशमा पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदका लागि पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।


