Shittalpati
निषेधाज्ञा: पाल्पामा खुकुलो, गुल्मीमा कडाई
निषेधाज्ञा: पाल्पामा खुकुलो, गुल्मीमा कडाई निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दै गएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो समय पाल्पा र गुल्मीमा संक्रमण तीव्र गतिमा देखिन थालेको हो ।
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा कोरोना महामारी बढेपछि तपाईंको मास्क खोइ ? अभियान
गुल्मीमा कोरोना महामारी बढेपछि तपाईंको मास्क खोइ ? अभियान जिल्लामा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो ।
पाल्पामा निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बियो
पाल्पामा निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बियो जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन ३२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । विहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
पाल्पामा फरार अभियुक्त धमाधम पक्राउ गर्दै प्रहरी
पाल्पामा फरार अभियुक्त धमाधम पक्राउ गर्दै प्रहरी विभिन्न आपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
पाल्पा कोरोना अपडेटः बुधबार ५५ जना नयाँ संक्रमित थपिए, २९ जना निको
पाल्पा कोरोना अपडेटः बुधबार ५५ जना नयाँ संक्रमित थपिए, २९ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५५ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा फरार दुई जना अभियुक्त पक्राउ
पाल्पामा फरार दुई जना अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
डेढ वर्षसम्म पनि गाभिएनन् विद्यालय
डेढ वर्षसम्म पनि गाभिएनन् विद्यालय गुल्मीमा निर्णय भएको डेढ वर्षसम्म पनि विद्यालय गाभिन सकेका छैनन् । जिल्लाको मालिका गाउँपालिका–८ मर्भुङ सिमलटारीस्थित सिभिल इङ्लिस बोर्डिङ स्कूल र मालिका माध्यमिक विद्यालय गाभिन नसकेका हुन् ।
पाल्पा प्रशासन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगन
पाल्पा प्रशासन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगन जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सेवा केही समयका लागि स्थगन गरिएको छ । मंगलबार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जना कर्मचारीमा संक्रमण देखिएपछि साउन २९ गतेसम्मका लागि कार्यालयको सेवा स्थगत गरिएको हो ।
Weather Update