जित्नेलाई सिफारिस गरौँ, मेरो होईन हाम्रोलाई उम्मेदवार बनाऔं : नेता केसी
शनिबार, चैत २६, २०७८
आइतबार देशभर सार्वजनिक बिदा
शनिबार, चैत २६, २०७८
सरकारले राम नवमीको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।
सुत्केरी खर्चले थप्यो पशुपालनमा उर्जा
शनिबार, चैत २६, २०७८
नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले ३६ वटा भैँसी सुत्केरी भएवापत ३६ हजार रकम बुझे । सो रकम पशु सुत्केरी पोषण खर्चका निम्ति अर्याललाई उपलब्ध गराइएको हो ।
हरित स्वयंसेवकलाई प्रविधि सिकाइ तालिम
शनिबार, चैत २६, २०७८
जिल्लामा हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले कृषि क्षेत्रको विकास र विस्तारमा काम गर्दै आएका हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिएको हो ।
तानसेनमा वाइसीएलको नगर कमिटी गठन
शुक्रबार, चैत २५, २०७८
तानसेनमा वाइसीयएल नगर कमिटी गठन गरिएको छ । योङ् कम्युनिष्ट लिग नेपाल तानसेनको भेलाले नविन घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय वाइसीएल नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनिष रावल, चेतन फाल मगर, सचिवमा सुरेश बिष्ट, सहसचिवमा मीन अर्घाली र कोषाध्क्षमा महेश कार्की रहेका छन् ।
मालिकाका घर–घरमा डिजिटल परिचयपत्रको शुभारम्भ
शुक्रबार, चैत २५, २०७८
जिल्लाको मालिका गाउँपालिकाका घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको शुभारम्भ गरिएको छ । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
बगनासकालीका दुई जना एमाले छाडेर काँग्रेसमा प्रवेश
बिहीबार, चैत २४, २०७८
स्थानीय तहको चुनाव नजिकिएसँगै पाल्पामा काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । कम्युनिष्ट पार्टीका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै काँग्रेस प्रवेश गर्ने क्रम बढेको हो ।
काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघको काजीपौवामा वडा समिति गठन
बिहीबार, चैत २४, २०७८
तानसेन नगरपालिका –७ काजीपौवामा नेपाली काँग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघ वडा समिति गठन भएको छ । नेपाली काँग्रेस वडा कार्यालयको आयोजनामा समिति गठन गरिएको हो । काँग्रेसले ‘घर–घर जाऔ काँग्रेस जिताऔं’ अभियान अन्तर्गत समिति गठन गरेको जनाएको छ । काँग्रेसले रिमा सारुको सभापतित्वमा २७ सदस्यी राष्ट्रिय मगर संघ...
चर्कियो महँगी
बिहीबार, चैत २४, २०७८
दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो । विशेष गरेर तरकारी, घ्यू, तेल, यातायात, दाल तथा गेडागुडी, इन्धन जस्ता वस्तुको मूल्य अत्याधिक बढेको छ ।
गुल्मीको मालिकामा गठबन्धन
बिहीबार, चैत २४, २०७८
जिल्लाको मालिका गाउँपालिकामा गठबन्धन गरिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मालिकामा एमाले विरुद्ध गठबन्धन गरिने भएको हो । यहाँ सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता देविराम अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी...
स्थानीय निर्वाचन : पाल्पामा एमालेविरुद्ध गठबन्धन
बुधबार, चैत २३, २०७८
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमालेविरुद्ध गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका छन् । पाँच दलिय गठबन्धनको बुधबार तानसेनमा बसेको संयुक्त बैठकले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।
‘स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन’
बुधबार, चैत २३, २०७८
स्वास्थ्य बिमा बापतको भुक्तानी नपाएपछि यहाँका अस्पतालहरुले उपचार सेवा बन्द गर्ने घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरुको ध्यानाकर्षण भएको छ । यहाँका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले अस्पतालहरुले भुक्तानी नपाए सेवा बन्द गर्ने चेतावनी दिएपछि उनीहरुको ध्यानाकर्षण भएको हो ।
पूर्वखोलाको झिरुदीमा काँग्रेसको अभियान
बुधबार, चैत २३, २०७८
नेपाली काँग्रेसले सञ्चालन गरेको ‘घर घर जाऔं काँग्रेसलाई जिताऔं’ अभियान अन्तर्गतको कार्यक्रम पूर्वखोला गाउँपालिका २ तल्लो झिरुदीमा भएको छ ।


