शान्ति समाजको गुल्मीमा प्रदर्शन
मंगलबार, चैत २२, २०७८
राप्रपा पाल्पाको चुनावी तयारी बैठक
मंगलबार, चैत २२, २०७८
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको चुनावी तयारी बैंठक बसेको छ । चुनावमा कसरी जाने र आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल गर्न राप्रपाले तानसेनमा तयारी बैठक राखेको हो ।
पाल्पा र गुल्मीका एक लाख ४१ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइदैं
मंगलबार, चैत २२, २०७८
सरकारले देशैभर एकै चरणमा टाइफाइड विरुद्ध बालबालिकालाई खोप अभियान सुरु गरेको छ । खोप लगाउन छुटेका बालबालिकालाई अभियान पछि नियमित खोपमा टाइफाइड खोप लगाउने गरी अभियान सुरु गरेको हो । नजिकिँदो निर्वाचन, कोभिड विरुद्धको खोप अभियान, एसईई परीक्षा लगायत शैक्षिक सत्रको दोसाँधमा खोप अभियान सुरु हुने भएपछि स्वास्थ्य संस्थाहरु यतिबेला...
कुनै पनि बहानाबाजी बनाएर स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : काँग्रेस पाल्पा
मंगलबार, चैत २२, २०७८
कुनै पनि बहानामा नेपाल सरकारले जनतालाई उपलब्ध गराएको सुविधा रोक्न नमिल्ने नेपाली काँग्रेस पाल्पाले जनाएको छ । नेपाली काँग्रेसका गगनकुमार थापा स्वास्थ्य मन्त्री भएको समयमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भैरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर दिनु अहिले आवश्यक रहेको काँग्रेसको ठहर छ...
पाल्पामा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास
सोमबार, चैत २१, २०७८
,जिल्लाको तानसेनमा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास गरिएको छ । सोमबार तानसेन नगरपालिका–७, ठाँटीमा एक औपचारिक कार्यक्रमका बिच केन्द्रको शिलान्यास गरिएको हो ।
रामपुरमा काँग्रेसको अन्तरक्रिया
सोमबार, चैत २१, २०७८
पाल्पाको रामपुर नगरपालिका वडा नं. ८ मा घर घर जाआँै काँग्रेस जिताऔ अभियानअन्तर्गत अन्तरक्रिया भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीको विजय नहुँदासम्म विकास सम्भव नहुने बताईन् ।
बेथलमा एनसीसी सिनियर डिभिजनको विशेष तालिम सकियो
सोमबार, चैत २१, २०७८
तानसेनमा रहेको बेथल बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनको विशेष तालिम सकिएको छ । ३५ दिनसम्म सञ्चालन भएको एनसीसी १६ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।
रैनादेबी छहरामा ५५ बढी नेपाली काँग्रेसमा प्रवेश
सोमबार, चैत २१, २०७८
स्थानीय चुनाव नजिकिएसँगै पाल्पामा काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । कम्युनिष्ट पार्टीका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै काँग्रेस प्रवेश गर्ने क्रम बढेको हो । रैनादेवी छहरा गाउँपालिकाका ५५ जना बढी नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको छन् ।
यातायात व्यवसायी भन्छन् ‘हामीलाई सरकारले बेवास्ता गर्यो’
सोमबार, चैत २१, २०७८
सरकारले आफुहरुलाई बेवास्ता गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले कोभिडका कारण यातायात क्षेत्र तहसनहस भइरहँदा समेत सरकारले बेवास्ता गरेको गुनासो गरे । तानसेनमा भएको श्रीनगर यातायात सेवा कम्पनी प्रालि पाल्पाको प्रथम साधारणसभा तथा अधिवेशनमा बोल्ने अधिकांश व्यवसायीहरुले सरकारले आफुहरुलाई बेवास्ता गरेको बताएका हुन् ।
पाल्पामा किर्ते नागरिकता बनाउने युवक पक्राउ
आइतबार, चैत २०, २०७८
किर्ते नागरिकता बनाउने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले किर्ते नागरिकता बनाएको अभियोगमा बाग्लुङ गलकोट नगरपालिका–८ पचुँवा काँडेबासका २३ वर्षीय धनबहादुर कँडेललाई पक्राउ गरेको हो ।
सुरु भयो रमजान
आइतबार, चैत २०, २०७८
इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना गरी मनाईने यो पर्व आइतबारदेखि सुरु भएको हो । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म...
गुल्मेली संगम पाल्पाको अध्यक्षमा सुवेदी
आइतबार, चैत २०, २०७८
गुल्मेली संगम पाल्पाको अध्यक्षमा विद्यार्थी नेता पुण्यप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् । तानसेनको श्रीनगर डाँडामा भएको संगमको प्रथम अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । गुल्मी शान्तिपुरका सुवेदी विगत १६ वर्षदेखि पाल्पामा रहेर अध्ययनसँगै विद्यार्थी राजनीति र व्यवसाय गर्दै आएका छन् । उनी एभरग्रीन एजुकेशस सेन्टर पाल्पाका प्रवन्धक समेत...
काँग्रेस क्षेत्र नं. एक पाल्पाको क्षेत्रीय संसदीय समिति गठन
आइतबार, चैत २०, २०७८
नेपाली काँग्रेस क्षेत्र नं. १ पाल्पाले क्षेत्रीय संसदीय समिति गठन गरेको छ । काँग्रेस क्षेत्रीय समितिको ताहुँमा बसेको बैंठले प्रतिनिधी सभा क्षेत्रीय संसदीय समितिको गठन गरेको हो । बैंठकले क्षेत्रीय संसदीय समितिको सभापतिमा झमनबहादुर राज मगरलाई मनोनित गरेको छ । सभापति मगरले काँग्रेसको विधान २०१७ परिच्छेद ८ दफा ३१ (१)...


