Shittalpati
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो जिल्लाको रिब्दीकोट गाउँपालिकामा विषादी सेवनबाट एक वृद्धको ज्यान गएको छ । रिब्दीकोट–५ देवीडाँडाका ५५ वर्षीय सन्ते (मेख) बहादुर खड्काको विषादी सेवनबाट ज्यान गएको हो ।
पत्रकारको क्षमता विकास गर्न तालिम चलाउन्छौ : सभापति लम्साल
पत्रकारको क्षमता विकास गर्न तालिम चलाउन्छौ : सभापति लम्साल नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले पत्रकारहरुको क्षमता विकासका लागि नेपाल प्रेस युनियनले देशभर तालिम चलाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लम्सालले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि युनियनले पाल्पा सहित देशभर तालिम सञ्चालन गर्ने बताएका हुन् ।
‘विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक’
‘विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । सोमबार तानसेन बहुमुखी क्याम्पसको ३३ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री रानाले अहिलेको आवश्यकता विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने सीप र संस्कार सहितको प्राविधिक शिक्षा रहेको बताएका...
रेसुङ्गा क्षेत्रको सरसफाई गरियो
रेसुङ्गा क्षेत्रको सरसफाई गरियो जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा सरसफाई गरिएको छ । गत साउनमा सञ्चालन भएको मेलामा संकलन भएको फोहोर सरसफाई गरिएको हो । रेसुङ्गा क्षेत्रमा नेपाल पंक्षी संरक्षण संघ गुल्मी, रेसुङ्गा संरक्षण समिति, रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ पराल्मी र गुल्मीदरवार गाउँपालिका वडा नम्बर–१ वलिथुमका जनप्रतिनिधी, क्लवका प्रतिनिधीहरुको सहभागितामा सरसफाई गरिएको...
राप्रपा पाल्पाको उम्मेदवार सिफारिस
राप्रपा पाल्पाको उम्मेदवार सिफारिस आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।
रम्भामा एमालेको चुनावी प्रशिक्षण
रम्भामा एमालेको चुनावी प्रशिक्षण प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी एमालेले चुनावी प्रशिक्षणलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा विजयी बनाउने उद्देश्य सहित चुनावी प्रशिक्षणलाई तिव्रता दिएको हो । एमालेले रम्भा गाउँपालिकामा पालिका स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ ।
पाल्पामा नेपाली सेनाले मनायो वार्षिक उत्सव
पाल्पामा नेपाली सेनाले मनायो वार्षिक उत्सव पाल्पामा नेपाली सेनाले वार्षिक उत्सव मनाएको छ । यहाँको दि फेमस महिन्द्र दल गणले एक औपचारिक कार्यक्रमका बिच १७८ औं वार्षिक उत्सव मनाएको हो । नेपाली सेना २२ नं बाहिनीपती, विभिन्न जिल्लाका गणपती, जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय, संघ संस्था र पूर्व नेपाली सेनाको सहभागितामा गणले कार्यक्रम गरेको छ ।
रेसुङ्गाका ९ जना शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाश
रेसुङ्गाका ९ जना शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाश आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक तथा कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ । क्याम्पस सञ्चालन समितिको शनिबार बसेको बैठकले ७ जना शिक्षक र २ जना कर्मचारी गरी ९ जनालाई स्वेच्छिक अवकाश गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी पाल्पाको कार्यालय शुभारम्भ
प्रेस चौतारी पाल्पाको कार्यालय शुभारम्भ प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनको सिल्खानटोलमा कार्यालय स्थापना गरेको छ । चौतारी कार्यालयको नेकपा एमालेका पोलिटिव्यूरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेले शुभारम्भ गरेका हुन् ।
लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो
लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो ।
बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए
बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् ।
विद्यालय हिँडेका तीन बालक बेपत्ता
विद्यालय हिँडेका तीन बालक बेपत्ता बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् ।
Weather Update