शुक्रबार थप ४ सय ५६ जनामा कोरोना संक्रमण
शुक्रबार, साउन ६, २०७९

एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै
शुक्रबार, साउन ६, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।

थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, साउन ५, २०७९
देशभर पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
बिहीबार, साउन ५, २०७९
स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । गल्याङ–६ पेलाकोटस्थित पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।

नेपाली छड भारत निर्यात
बिहीबार, साउन ५, २०७९
नेपाली सिमेन्ट भारत निर्यात गरेको नेपालले पुनः नेपाली छड पनि भारत निर्यात गरेको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे छड बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो ।

एलएमसीले गर्यो स्वास्थ्य बिमाको उपचार बन्द
मंगलबार, साउन ३, २०७९
तानसेनको प्रभासमा सञ्चालित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै अस्पतालले सेवा...

मुद्रण उद्योग संघ रुपन्देहीको नयाँ मूल्यसूची
मंगलबार, साउन ३, २०७९
मुद्रण उद्योग संघ रुपन्देहीले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । संघले वर्तमान बजारको अवस्थालाई मध्यनजर गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी संघले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।

उपभोक्तालाई सहुलियतमा खानेपानी
सोमबार, साउन २, २०७९
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।

‘शिक्षक मैनबत्ती हुन्’
आइतबार, साउन १, २०७९
जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शिक्षक मैनबत्ती भएको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा भएको उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मान कार्यक्रममा बोल्दै जिसस प्रमुख खानालले शिक्षक आफु जलेर अरुलाई उज्यालो बनाउने मैनबत्ती जस्तै भएको बताएका हुन् ।

तनावमुक्त जीवनका लागि राजयोग शिविर
आइतबार, साउन १, २०७९
ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाले तनावमुक्त जीवनका लागि ५ दिने राजयोग शिविर सुरु गरेको छ । संस्थाले दया र करुवा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनका लागि राजयोग शिविर तानसेनमा सुरु गरेको हो ।

रिब्दीकोटमा एक वृद्धा मृत फेला
शनिबार, असार ३२, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका –५, कुसुमखोलास्थित मरबासमा रहेको हर्रेखरक सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँका खिमबहादुर आलेको श्रीमति ७८ वर्षीया हुमकुमारी आले शुक्रबार साँझा मृत फेला परेकी हुन् ।
.jpg)
अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड
शनिबार, असार ३२, २०७९
इतिहास कायम राख्न अभिलेखहरु सुरक्षित राख्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मदन पुरस्कार पुस्तकालय र सम्पदा प्रतिष्ठान पाल्पाले तानसेनमा आयोजना गरेको स्थानीय अभिलेख चासो र पहल अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड दिएका हुन् ।