Shittalpati
मंगल नेशनलका उम्मेदवारले गरे खर्च विवरण सार्वजनिक

पाल्पा, मंगल नेशनल अर्गनाइजेशनका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पाल्पाबाट उम्मेदवार बनेका मंगल नेशनल अर्गनाइजेशनका ६ उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् ।

यस अघि निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका उनीहरुले सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका छन् । पाल्पा क्षेत्र १ प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थम्मनबहादुर बूढा मगरले निर्वाचनमा दुुई लाख ७५ हजार खर्चेका छन् । उनले उम्मेदवार दर्ता धरौटी, गाडी प्रचार–प्रसार, प्रर्चा पप्लेट÷अपिल छपाई, नमूना मतपत्र छपाई, प्रचार –प्रसार/खाना, नास्ता, बाईक पेट्रोल खर्च, सञ्चार र प्रतिनिधि एजेण्ड जस्ता शिर्षकमा उक्त रकम खर्चेका हुन् । यस्तै पाल्पा क्षेत्र २ प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका मनबहादुर दर्लामीले ८२ हजार ५ सय खर्च गरेका छन् । उनले पनि उम्मेदवार दर्ता धरौटी, गाडी प्रचार–प्रसार, प्रर्चा पप्लेट/अपिल छपाई, नमूना मतपत्र छपाई, प्रचार–प्रसार/खाना, नास्ता, बाईक पेट्रोल खर्च, सञ्चार र प्रतिनिधि एजेण्ड जस्ता शिर्षकमा उक्त रकम खर्चेका हुुन् ।

यस्तै पाल्पा क्षेत्र १ प्रदेश सभा (क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका पूर्णबहादुर रुचालले ४५ हजार ५ सय खर्च गरेका छन् । उनले पनि सोही शिर्षकमा उक्त रकम खर्च गरेको पाइन्छ । पाल्पा क्षेत्र २ प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका लक्ष्मण गाहाले एक लाख २५ हजार खर्चेका छन् । पाल्पा क्षेत्र १ प्रदेश सभा (ख)बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका लालबहादुर दर्लामीले एक लाख १९ हजार खर्च गरेका छन् । उनीहरुले पनि दर्ता धरौटी, गाडी प्रचार–प्रसार, प्रर्चा पप्लेट/अपिल छपाई, नमूना मतपत्र छपाई, प्रचार –प्रसार÷खाना, नास्ता, बाईक पेट्रोल खर्च, सञ्चार र प्रतिनिधि एजेण्ड जस्ता शिर्षकमा उक्त रकम खर्चेका हुन् ।

यस्तै पाल्पा क्षेत्र २ प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका शिवबहादुर गाहाले २८ हजार ५ सय खर्च गरेका छन् । उनले पनि सोही शिर्षकमा उक्त रकम खर्चेका हुन् । उम्मेदवारले मतदान भएको ३५ दिनभित्र निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुुसार उनीहरुले निर्वाचन भएको ३५ दिन भित्र खर्च विवरण निर्वाचन कार्यालय पाल्पामा पेश गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update