Shittalpati
पूर्वमन्त्री पाण्डेयको चुनावी खर्च सार्वजनिक

पाल्पा, नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले चुनावी खर्च सार्वजनिक गरेका छन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका पाण्डेयले सञ्चारमाध्यममार्फत चुनावी खर्च सार्वजनिक गरेका हुन् ।

उनको चुनावी खर्च २८ लाख ९७ हजार रहेको छ । पाण्डेयले मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार–प्रसार सामग्री, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन शीर्षकमा उक्त रकम खर्चेका हुन् । उम्मेदवारले मतदान भएको ३५ दिनभित्र निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुुसार उनले निर्वाचन भएको ३५ दिन भित्रै खर्च विवरण निर्वाचन कार्यालय पाल्पामा पेश गरेका थिए । उनले प्रचार–प्रसार गर्दा कोण सभा, आमसभा नगरेको, घरदैलोमार्फत प्रचार–प्रसार गरेको, निर्वाचन खर्चका लागि ग्वलोवल आइएमी बैंक काठमाडौंमा रहेको रकम र घरायसी व्यवहारबाट सञ्चालन गरेको समेत निर्वाचन कार्यालयलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update