Shittalpati
पूर्व मन्त्री रानाको चुनावी खर्च १४ लाख ७२ हजार

पाल्पा, लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाको चुनावी खर्च १४ लाख ७२ हजार रहेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभा सदस्यमा निर्वाचित रानाले मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार–प्रसार सामग्री, ढुवानी तथा कुरियर, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचार–प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन शीर्षकमा उक्त रकम खर्चेका हुन् ।

उम्मेदवारले मतदान भएको ३५ दिनभित्र निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुुसार सांसद रानाले निर्वाचन भएको १५ दिनमै १४ लाख ७२ हजारको खर्च विवरण निर्वाचन कार्यालय पाल्पामा पेश गरेका थिए । उनले मतदाता नामवली खरिदमा ३ हजार, सवारी साधान/इन्धनमा एक लाख ६३ हजार ६ सय ५०, प्रचार–प्रसार सामग्रीमा एक लाख ७५ हजार ३ सय, ढुवानी तथा कुरियरमा ३९ हजार ९ सय, गोष्ठी तथा अन्तक्र्रियामा २ लाख २७ हजार ६ सय, छापा÷विद्युतीय प्रचार–प्रसारमा ३ लाख ७६ हजार ७ सय ५०, कार्यालय/सचिवालय सञ्चालनमा ३ लाख २० हजार ५ सय र प्रतिनिधि परिचालनमा एक लाख ६५ हजार ३ सय खर्चेको विवरण निर्वाचन कार्यलयमा पेश भएको छ । सांसद रानाले प्रचार–प्रसार गर्दा कोण सभा, आमसभा नगरेको, घरदैलोमार्फत प्रचार–प्रसार गरेको, निर्वाचन खर्चका लागि एभरेष्ट बैंक बुुटवल शाखामा रहेको रकम र घरायसी व्यवहारबाट सञ्चालन गरेको समेत निर्वाचन कार्यालयलाई जानकारी गराएका छन् । निर्वाचन नियम अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update