यातायात व्यवसायी भन्छन् ‘हामीलाई सरकारले बेवास्ता गर्यो’
सोमबार, चैत २१, २०७८

पाल्पामा किर्ते नागरिकता बनाउने युवक पक्राउ
आइतबार, चैत २०, २०७८
किर्ते नागरिकता बनाउने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले किर्ते नागरिकता बनाएको अभियोगमा बाग्लुङ गलकोट नगरपालिका–८ पचुँवा काँडेबासका २३ वर्षीय धनबहादुर कँडेललाई पक्राउ गरेको हो ।

सुरु भयो रमजान
आइतबार, चैत २०, २०७८
इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना गरी मनाईने यो पर्व आइतबारदेखि सुरु भएको हो । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म...

गुल्मेली संगम पाल्पाको अध्यक्षमा सुवेदी
आइतबार, चैत २०, २०७८
गुल्मेली संगम पाल्पाको अध्यक्षमा विद्यार्थी नेता पुण्यप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् । तानसेनको श्रीनगर डाँडामा भएको संगमको प्रथम अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । गुल्मी शान्तिपुरका सुवेदी विगत १६ वर्षदेखि पाल्पामा रहेर अध्ययनसँगै विद्यार्थी राजनीति र व्यवसाय गर्दै आएका छन् । उनी एभरग्रीन एजुकेशस सेन्टर पाल्पाका प्रवन्धक समेत...

काँग्रेस क्षेत्र नं. एक पाल्पाको क्षेत्रीय संसदीय समिति गठन
आइतबार, चैत २०, २०७८
नेपाली काँग्रेस क्षेत्र नं. १ पाल्पाले क्षेत्रीय संसदीय समिति गठन गरेको छ । काँग्रेस क्षेत्रीय समितिको ताहुँमा बसेको बैंठले प्रतिनिधी सभा क्षेत्रीय संसदीय समितिको गठन गरेको हो । बैंठकले क्षेत्रीय संसदीय समितिको सभापतिमा झमनबहादुर राज मगरलाई मनोनित गरेको छ । सभापति मगरले काँग्रेसको विधान २०१७ परिच्छेद ८ दफा ३१ (१)...

बिमा रकम नपाउँदा पाल्पाका अस्पताल संकटमा, सेवा बन्द गर्ने तयारी
आइतबार, चैत २०, २०७८
स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा पाल्पाका ठूला अस्पताल आर्थिक संकटमा परेका छन् । स्वास्थ्य बिमा बोर्डले बिमा बापत पाल्पाको युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, आँखा अस्पताल लगायतका बिमा अनुमती पाएका स्वास्थ्य संस्थाहरुमा भुक्तानी नगर्दा आर्थिक संकटमा परेका हुन् । बिमा बोर्डले यि अस्पताललाई ३८ करोड ४३ लाख,...

पाल्पामा प्रेस युनियन र काँग्रेसबिच अन्तरक्रिया
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन र नेपाली काँग्रेस पाल्पाबिच अन्तक्र्रिया भएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाको आयोजनामा शनिबार तानसेनमा अन्तरक्रिया कार्यक्रम भएको हो । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा पत्रकारको भूमिका र समसामियक विषयमा अन्तरक्रिया भएको हो ।

रेडक्रस पाल्पाले मनायो ४४ औं वार्षिक साधारण सभा
शनिबार, चैत १९, २०७८
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ४४ औं वार्षिक साधारण सभा मनाएको छ । रेडक्रसले शनिबार एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरेका हुन् ।

विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर
शनिबार, चैत १९, २०७८
रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबार विहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो ।

पाल्पामा सत्तारूढ गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
स्थानीय तहको निर्वाचन नजिकएसँगै पाल्पामा सत्तारुढ गठबन्धनको बैंठक बसेको छ । विहीबार केन्द्रमा बसेको गठबन्धनको बैंठकको निर्देशन अनुसार शुक्रबार पाल्पामा पनि गठबन्धनको बैंठक बसेको हो ।

गुल्मीमा गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
सत्तारुढ गठबन्धनका दलहरुबीचको बैठक गुल्मीमा बसेको छ । शुक्रबार नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय बी.पी.स्मृति भवन तम्घासमा बसेको बैठकले आसन्न निर्वाचनलाई केन्द्रीत गरी पाँच सदस्यीय जिल्ला संयन्त्रण गठन गर्ने निर्णय गरेको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए ।

प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान
शुक्रबार, चैत १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
.jpg)
गुड र खुदोबाट मनग्य आम्दानी गर्दै उखु किसान
शुक्रबार, चैत १८, २०७८
छत्रकोट गाउँपालिका–४, दिगामका प्रेमनाथ पन्थले आठ रोपनी बारीमा उखु खेती गर्दै आएका छन् । उनले एक दशकदेखि व्यावसायिक उखु खेती गर्दै आएका हुन् । पन्थले उखुबाट खुदो र गुड उत्पादन गरी विक्री गर्दै आएका छन् । गुड र खुदो विक्रीबाट पन्थले वार्षिक ७ देखि १० लाख आम्दानी गर्ने गरेको बताउँछन् ...