बुटवल–नारायणगढ सडक अवरुद्ध
सोमबार, साउन १९, २०८२

बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध
सोमबार, साउन १९, २०८२
बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

मोटरसाइकल मर्मत गर्ने प्राविधिकलाई सम्मान
सोमबार, साउन १९, २०८२
तानसेनमा मोटरसाइकल मर्मत गर्ने प्राविधिकहरुलाई सम्मान गरिएको छ । त्रिपुत्र इण्टरनेशनलद्वारा सञ्चालित होण्डा स्वरुम तानसेन पाल्पाले जिल्लाका विभिन्न ठाउँमा रहेका ग्यारेजमा काम गर्दै आएका ४० जना प्राविधिकलाई एक कार्यक्रमका बिच सम्मान गरेको हो ।

नेपाल बाल संगठन पाल्पाको सभापतिमा पुनः अर्याल
सोमबार, साउन १९, २०८२
नेपाल बाल संगठन पाल्पाको सभापतिमा सोमनाथ अर्याल पुनः निर्विरोध निर्वाचित भएका छन् । संगठनको तानसेनमा भएको १३ औं जिल्लाले अर्याललाई पुनः अध्यक्षमा चयन गरेको हो ।

मोहन कन्याका शिक्षक र विद्यार्थीको निःशुल्क आँखा परीक्षण
आइतबार, साउन १८, २०८२
तानसेनमा सञ्चालित मोहन कन्या माविका शिक्षक र विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ । विद्यालयको हिरक महोत्सवको अवसरमा पूर्व शिक्षक गंगालाल श्रेष्ठको व्यवस्थापन र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा शिक्षक, विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो ।

गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध
आइतबार, साउन १८, २०८२
गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका(१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो
आइतबार, साउन १८, २०८२
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व(पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो ।

सेवा विस्तारमा फड्को मार्दै मिसन अस्पताल
आइतबार, साउन १८, २०८२
पश्चिम नेपालमै अस्पतालको अभाव भएको बेला २०११ सालमा स्थापना भएको तानसेनस्थित भूषालडाँडामा रहेको युनाईटेड मिसन अस्पतालले सेवा विस्तारमा फड्को मार्दै गएको छ । यस क्षेत्रकै पुरानो स्वास्थ्य संस्थाका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो । सेवा विस्तारको क्रममा अस्पतालले महिला तथा प्रसूतितर्फ सेवा थप...

तानसेनका सामाजिक संघ संस्थाहरुको निरीक्षण
शनिबार, साउन १७, २०८२
जिल्ला प्रशासन कार्यालय पाल्पाको अगुवाईमा सदरमुकाम तानसेनमा सञ्चालित सामाजिक संघ संस्थाहरुको निरीक्षण गरिएको छ ।

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो
शनिबार, साउन १७, २०८२
नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ ।

समाजमा सकारात्मक धारणा निर्माणमा मिडिया भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य
शनिबार, साउन १७, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
रामपुरमा ‘हाइमास्ट लाइट’ जडान
शनिबार, साउन १७, २०८२
जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा हाइमास्ट लाइट जडान गरिएको छ । रामपुरको मुख्य क्षेत्र बेझाँड बजारमा २ हजार ४ सय वाट क्षमताको लाईट जडान गरिएको हो ।

मिसन अस्पतालमा प्रसूतितर्फ थप सेवा विस्तार
शुक्रबार, साउन १६, २०८२
तानसेनस्थित भूषालडाँडामा रहेको यस क्षेत्रकै पुरानो अस्पताल युनाईटेड मिसन अस्पतालले प्रसुति सेवा (सुत्केरी सेवा) तर्फ थप सेवा विस्तार गरेको छ ।