पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जाजरकोट, मोरङ, सिराहा, मकवानपुर,सुनसरी, कैलाली, काठमाडौं लगायतका विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ परेका हुन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–३ बाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अफिम जस्तो देखिने वस्तु करिब ४ किलोग्राम सहित दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने रोल्पा माडी गाँउपालिका–१ घर भएकी ४० वर्षीया गौरी भन्ने मन कुमारी घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट अवैध लागूऔषधसहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्राम सहित काठमाडौं नरेफाँट बस्ने महोत्तरी घर भएका २० वर्षीय सचिन मण्डल र १९ वर्षीय रोहित महतोलाई प्रहरी पक्राउ गरेको हो । प्रहरी प्रभाग कोटेश्रुवरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै मोरङको रंगेली नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित कानेपोखरी गाउँपालिका–७ रमाइलो बस्ने २२ वर्षीया सुष्मिता लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै कैलालीको भजनी नगरपालिका–८ कृष्णनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका–९ बस्ने २६ वर्षीय शंकर देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलालीकै लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बसपार्क बस्ने २९ वर्षीय राजेश खत्री र २७ वर्षीय ललित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका–४ बलिया बस्ने २२ वर्षीय धिरज चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलालीकै भजनी नगरपालिका–३ पडेरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित जोशीपुर गाउँपालिका–१ बस्ने २८ वर्षीय निरज कुस्मी समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले बा.९४ प ३२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भजनी नगरपालिका–१ बस्ने २२ वर्षीय सुरेश रेग्मी समेत २ जनाले बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई समेत पक्राउ गरेको छ । यसैगरी कैलालीको जोशीपुर गाउँपालिका–१ लकडमन्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका–२ बस्ने २८ वर्षीय अम्मरदिप डगौरा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यलाय जोशीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित लमजुङ सुन्दरबजार नगरपालिका–९ बस्ने २४ वर्षीय सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै सुनसरीको धरान उपमहानगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–५ खैरेनी बस्ने २२ वर्षीय रोहन शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ३० ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–२ कालीगण्डकी चोक बस्ने २० वर्षीय रेगन हमाल समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै सिराहाको गोलबजार नगरपालिका–६ गोलबजार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुजन थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


