Shittalpati
फेसबुकमा देखियो समस्या

पाल्पा, सामाजिक सञ्जाल फेसबुकमा आइतबार अपराह्नदेखि केही  समस्या आएको छ । प्राविधिक समस्याका कारण फेसबुक डाउन भएको हो ।

फेसबुकको ब्राउजर संस्करण प्रयोग गर्न खोज्ने प्रयोगकर्ताले सेवा अवरुद्ध भएको सन्देश प्राप्त गरेका छन् । फेसबुकले प्रयोगकर्तालाई देखाएको सूचनामा भनिएको छ, “एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस् ।”

समस्या देखिएसँगै विश्वभरका प्रयोगकर्ताले फेसबुकमा पहुँचसम्बन्धी गुनासो गर्न थालेका छन् । हाल फेसबुकको मातृ कम्पनी मेटाले भने समस्याको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update