कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ मा
बुधबार, साउन २१, २०८२

पहिरोले अवरुद्ध पाल्पा–बुटवल सडक एकतर्फी सञ्चालनमा
मंगलबार, साउन २०, २०८२
पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितकको पहिरो खसकेका कारण सोमबार साँझ ६ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक आज साँझादेखि एकतर्फी सञ्चालनमा आएको हो ।

पाल्पामा अडानले मनायो २० औं स्थापना दिवस
मंगलबार, साउन २०, २०८२
लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पा शाखाले २० औं स्थापना दिवस मनाएको छ । अडानले मंगलबार तानसेनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

गुल्मीमा बाढीको वितण्डा : डहरे खोलाले कार बगायो
मंगलबार, साउन २०, २०८२
गुल्मीमा बाढीले बितण्डा मच्चाएको छ । निरन्तरको अविरल वर्षासँगै आएको बाढीले एउटा कार समेत बगाएको छ । जिल्लाको सत्यवती गाउँपालिका –६ उर्लीखोला स्थित डहरेखोलाले बीएए ००१७ नम्बरको कार बगाएको हो ।

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध
मंगलबार, साउन २०, २०८२
लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

जीवनको उत्तरार्द्धमा एक्लिँदै वृद्धवृद्धा
मंगलबार, साउन २०, २०८२
जिल्लाको तिनाउ गाउँपालिका कचलका मनबहादुर बगालेका एक छोरी र तीन छोरा थिए । छोरीको बिहे भइसकेको छ । बाँकी तीन छोरा पनि उनका साथमा छैनन् । कोही वैदेशिक रोजगारमा गएका छन्भने कोही सहरमा गएर बसेका छन् । घरमा दुई बूढाबूढी मात्रै छन् । ‘टाठाबाठा जति सहरतिर लागेका छन् । म...

स्वास्थ्यमन्त्री सारुको एक वर्ष : स्वास्थ्य क्षेत्रमा सुधारको आशा
मंगलबार, साउन २०, २०८२
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुको एकवर्षे कार्यकालमा केही सुधारका आशा देखिएका छन् । १८ साउन २०८१ मा मन्त्री नियुक्ति भएका सारुले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरे ।

विपद्मा उद्धारका लागि सशस्त्रको वेश क्याम्प
मंगलबार, साउन २०, २०८२
विपद्को समयमा उद्धारका लागि गुल्मीको चन्द्रकोटमा सशस्त्र प्रहरीको वेश स्थापना गरिएको छ । वर्षाको समयमा उत्पन्न हुनसक्ने बाढी र पहिरोलाई लक्षित गरी तत्काल उद्धार गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिका–८ मजुवामा वेश स्थापना गरिएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निर्देशनमा सशस्त्र प्रहरी बल ३७ नं...

बहुविवाह गर्न पाउने कानुनको मस्यौदाप्रति आपत्ति
मंगलबार, साउन २०, २०८२
सरकारले बहुविवाहको अनुमति दिने कानुनको मस्यौदा तयार गरेपछि चौतर्फी आलोचना सुरु भएको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांस सांसदहरुले बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाएका हुन् ।

पहिरोले पाल्पा–बुटवल खण्ड अवरुद्ध
मंगलबार, साउन २०, २०८२
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्र आसपसका तीन स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध बनेको हो ।

पहिराका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो
मंगलबार, साउन २०, २०८२
कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिराका कारण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका वडा नं १, २ र ३ स्थित गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरोले स्वास्थ्यचौकीमा क्षति
सोमबार, साउन १९, २०८२
गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो ।

बुटवल–नारायणगढ सडक अवरुद्ध
सोमबार, साउन १९, २०८२
बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो ।