आज भानु जयन्ती मनाइँदै
शनिबार, असार २९, २०८१
प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन सकेनन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे
शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
माथागढीकी बेपत्ता महिला खोलामा मृत फेला, कालिगण्डकी किनारमा अर्का पुरुष मृत भेटिए
शुक्रबार, असार २८, २०८१
जिल्लाको माथागढी गाउँपालिका –४ झडेवाकी बेपत्ता भएकी एक महिला खोलामा मृत भेटिएकी छन् । गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा बेपत्ता भएकी झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
कास्की पहिरो : पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु
शुक्रबार, असार २८, २०८१
कास्कीका विभिन्न स्थानमा विहीबार रातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १०, १९, ३२ र मादी गाउँपालिका –११ मा पहिरोेमा परी ११ जनाको मृत्यु भएको हो ।
लेदोसहितकोे ढुङ्गा लागेर बस चालकको मृत्यु
शुक्रबार, असार २८, २०८१
भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक विश्वासको मत लिंदै
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाको बैंठकमा विश्वासको मत लिंदैछन् । विहान ११ बजे बस्ने बैंठकमा प्रधानमन्त्री प्रचण्डले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।
चितवन पहिरो ः बेपत्ता बस भेटिएन, गोताखोर परिचालन
शुक्रबार, असार २८, २०८१
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।
लायन्स क्लव अफ पाल्पा रानीमहलले गर्यो पद हस्तान्तरण तथा अवार्ड वितरण
बिहीबार, असार २७, २०८१
जिल्लाको सामाजिक र मानविय सेवामा क्रियाशिल रहेको लायन्स क्लब अफ पाल्पा रानीमहलले पद हस्तान्तरण तथा विभिन्न अवार्ड वितरण गरेको छ । क्लवले तानसेनमा एक भव्य समारोहकाबिच पद हस्तान्तरण तथा अवार्ड वितरण गरेको हो ।
ट्रक र स्कुुटर एक आपसमा ठोक्किदा स्कुुटर चालकको मृत्युु
बिहीबार, असार २७, २०८१
जिल्लाको तिनाउ गाउँपालिका –३ दोभानस्थित सिद्धार्थ राजमार्गमा ट्रक र स्कुटर एकआपसमा ठोक्किदा बुधबार साँझ स्कुटर चालकको मृत्यु भएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुुटर चालकको...
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं
बिहीबार, असार २७, २०८१
विश्व जनसंख्या दिवस नेपालमा पनि आज मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।
बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् आमाहरू
बुधबार, असार २६, २०८१
गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा
मंगलबार, असार २५, २०८१
जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएपछि मंगलबार एक समारोहकाबिच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।


