Shittalpati
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिवका मन्दिरमा बुुधबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका शिवालय मन्दिरहरूमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको...
आज महाशिवरात्री पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
आज महाशिवरात्री पर्व मनाइँदै, देशभर सार्वजनिक विदा फागुन कृष्ण चतुर्दशीका दिन आज आरध्यदेव भगवान शिवको पूजा–आरधना गरी महाशिवरात्री पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने चलन छ ।
नेपाली सेनाको गौरव : स्थापनाको २६२ औं वार्षिक उत्सव मनाउँदै
नेपाली सेनाको गौरव : स्थापनाको २६२ औं वार्षिक उत्सव मनाउँदै नेपाल राष्ट्रको गौरवशाली संगठनहरूमध्ये सबैभन्दा पुरानो संस्था नेपाली सेना हो ।  देशको इतिहाससँगै नेपाली सेनाको इतिहास थालनी भएको पाइन्छ ।
सार्वभौम पर्व शिवरात्रि र यसको सार्थकता
सार्वभौम पर्व शिवरात्रि र यसको सार्थकता शिवरात्रि पर्व परमपिता परमात्मा ज्योतीबिन्दु शिव यस धरामा अवतरित हुनुभएको यादगार पर्व हो । सृष्टिमा कुनै बेला भएको कार्यलाई पुनरावृत्तिको लागि स्मृति स्वरुप मनाइने क्रियाकलाप नै वास्तवमा पर्व हो । विगतमा भएका सुकृतिलाई वर्तमान समयसम्म ल्याईपुर्‍याउनको लागि सेतुको कार्य पर्वहरुले गरीरहेका हुन्छन् ।
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।
रोकिएन अवैध लागूऔषध ओसार–पसार
रोकिएन अवैध लागूऔषध ओसार–पसार नेपाल प्रहरीले अवैध लागूऔष ओसार–पसार गर्नेहरुलाई कडाई गर्दै आएको बताउँदै आए पनि यस्तो गतिविधि रोकिएको छैन् ।  अझै पनि सिमानाहरुबाट धमाधम अवैध लागूऔष ओसार–पसार गर्नेहरु भेटिने गरेका छन् ।
रामपुरमा एकीकृत घुम्ती शिविरमार्फत सेवा
रामपुरमा एकीकृत घुम्ती शिविरमार्फत सेवा जिल्लाको रामपुर नगरपालिकाले वडा–वडामा पुगेर एकिकृत घुम्ती शिविरमार्फत सेवा प्रवाह गरेको छ । जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवासँगै स्वास्थ्य जाँच सहितको सेवा शिविरमार्फत प्रदान  गर्दै आएको हो ।
लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त गरिने  
लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त गरिने   लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ । 
घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान
घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन...
रामपुरको स्वरुप फेरिँदै
रामपुरको स्वरुप फेरिँदै रामपुर सहरीकरणको सम्भावना बोकेको सहर हो । कालीगण्डकी करिडोरसँग जोडिएको रामपुर नगरपालिकामा पछिल्लो समय पूर्वाधार विकासले द्रुत गति लिएको छ । यहाँको मुख्य बजार बेझाड र त्यस आसपासका सडक हाल धमाधम स्तरोन्नति भइरहेका छन् । 
नारायण युवा क्लवको सक्रियता : सुरक्षा सम्बन्धी सचेतना तथा अन्तरक्रिया
नारायण युवा क्लवको सक्रियता : सुरक्षा सम्बन्धी सचेतना तथा अन्तरक्रिया तानसेनमा रहेको नारायण युवा क्लव समाजका हरेक गतिविधिहरुमा सक्रिय छ । खेलकूदको विकास, धार्मिक तथा पर्यटकीयस्थलहरुको संरक्षण, प्रवद्र्धन गर्नुको साथै समाजलाई सचेतना जगाउने कार्यमा क्लव सक्रिय हुँदै आएको हो ।
Weather Update