पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित
सोमबार, असोज १४, २०८१
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा
सोमबार, असोज १४, २०८१
तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो ।
चोर्दा चोर्दै रंगेहात पक्राउ
आइतबार, असोज १३, २०८१
कैलाशनगरकोे बतासे स्थित विज्ञान संकाय क्याम्पस अगाडि आईतबार साझ चोरी गर्दै गरेको अवस्थामा २० वर्षका युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता
आइतबार, असोज १३, २०८१
बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।
पाल्पामा एचआईभी रोकथाम कार्यक्रम : सरोकारवालाहरुसँग समन्वय र समीक्षा
आइतबार, असोज १३, २०८१
एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल फिल्ड अफिस पाल्पाको समन्वयमा आइतबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो ।
पहिरोका कारण अगाहाखोला बजार जोखिममा
आइतबार, असोज १३, २०८१
जिल्लाको रम्भा गाउँपालिका– ३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो ।
विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो
आइतबार, असोज १३, २०८१
बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो
आइतबार, असोज १३, २०८१
लुम्बिनी प्रदेशका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपद् महाशाखाले जनाएको छ
किन हुन्छ युवा अवस्थामै मुटुरोग
आइतबार, असोज १३, २०८१
विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरुमा युवामा मुटुरोगको प्रकोप बर्सेनि बढ्दै गएको देखिन्छ...
झ्याप्लेखोला पहिलो : अहिलेसम्म २५ शव निकालियो (अपडेट)
आइतबार, असोज १३, २०८१
धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो ।
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
आइतबार, असोज १३, २०८१
काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ ।
देशभर बाढी पहिरो : ६६ को मृत्यु, दर्जनौँ बेपत्ता
आइतबार, असोज १३, २०८१
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । यो समाचार तयार पर्दासम्म देशका विभिन्न्न स्थानामा भएका विपद्का घटनाबाट ६६ जनाको मृत्यु भएको हो ।
आज विश्व मुटु दिवस मनाइँदै
आइतबार, असोज १३, २०८१
आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । पछिल्लो समय नेपालमा पनि मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामूलक कार्यक्रमहरु गरिंदैछ ।


-1762576335.jpg)