Shittalpati
अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
 तिनाउको डुम्रे खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु 
 तिनाउको डुम्रे खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु  माछा मार्ने क्रममा पाल्पाको तिनाउमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका– ५ चर्चरका लालबहादुर रास्कोटीको १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा माछा मार्ने क्रममा बुधबार दिउँसो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । 
गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु
गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।  जिल्लाको  मुसिकोट नगरपालिका–७ पल्टारकी ६० वर्षीया चन्द्रकला कुमालको बाँदर धपाउनका लागि राखिएको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो ।
‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’
‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताएका छन् । उनले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे । 
बगनासकालीमा रुखबाट लडेर एकको मृत्यु
बगनासकालीमा रुखबाट लडेर एकको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराईको रुखबाट लडेर आज विहान मृत्यु भएको हो ।
गडगडीमा पुल निर्माणको माग
गडगडीमा पुल निर्माणको माग स्थानीयवासीले यहाँको कोखेटार र तनहुँको मधुवन जोड्ने कालीगण्डकी नदीमा चाँडो पुल निर्माण गर्नुपर्ने माग गरेका छन् । 
उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय
उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ । 
पूर्वखोलाका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ
पूर्वखोलाका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ महिलाहरु हरियो धानको विउँ काढ्न र रोप्नमा व्यवस्त देखिन्छन् भने पुरुषहरु खेत हिलाउन, आली गरा मिलाउनमै व्यस्त छन् । कतै किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् भने कतै गोरुको सट्टा ट्याक्टरको प्रयोग गरी हिलो फेटेका देखिन्छ ।
तानसेन नगर प्रज्ञा –प्रतिष्ठानद्वारा  विभिन्न क्षेत्रका ३५ व्यक्ति सम्मानित
तानसेन नगर प्रज्ञा –प्रतिष्ठानद्वारा  विभिन्न क्षेत्रका ३५ व्यक्ति सम्मानित तानसेन नगर प्रज्ञा – प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।  प्रतिष्ठानले नगरको भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रितिरिवाज, जात्रा, मेलापर्व  समाजसेवा लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान  दिएका ३५ जना ब्यक्तिहरुलाई  एक कार्यक्रमकाबिच मंगलबार तानसेनमा सम्मान गरेको हो ।
गौचरन जग्गामा केराखेती
गौचरन जग्गामा केराखेती ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ । 
दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत
दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत यहाँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए । पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले...
जनताका हिरो कुलमान हटाइए
जनताका हिरो कुलमान हटाइए मुलुकमा अँध्यारो युगको अन्त्य गर्दै उज्यालोतर्फ डो¥याएर  ‘जनताका हिरो’ बनेको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।
Weather Update