Shittalpati
चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनको चार दिने भ्रमण सकेर प्रधानमन्त्री ओली बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
आज देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । 
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरेका छन् ।
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’ संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । माडी उपत्यकाको सबैभन्दा पुरानो र जेठो निजी विद्यालयको रुपमा सञ्चालित रिभर भ्याली बोडिड्ढ स्कूलको ३१ औं वार्षिक उत्सवको तानसेनको  दमकडामा उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।
आज स्वयंसेवक दिवस र माटो दिवस एकै साथ मनाइँदै
आज स्वयंसेवक दिवस र माटो दिवस एकै साथ मनाइँदै आज पाल्पा लगायत देशैभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस  एकै साथ मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाले विविध कार्यक्रमतय गरेका छन् । 
जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार
जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार गएको स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका अधिकांस स्थानीय तहका जनप्रतिनिधिले तीन वर्ष पुग्न लाग्दा समेत तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् ।
रामपुरमा जनप्रतिनिधिसँग संवाद
रामपुरमा जनप्रतिनिधिसँग संवाद जिल्लाको रामपुर नगरपालिका– १ मा जनप्रतिनिधिसँग संवाद कार्यक्रम भएको छ । नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
तानसेनमा आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धी छलफल
तानसेनमा आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धी छलफल तानसेन नगरपालिको आयोजनामा मंसिर १९ गते नगरका समुदायसँग प्रत्यक्षरुपमा कार्यान्वयन हुने  मखनटोलस्थित दरबार परिसरका सरोकारवालाबिच यनोसद्वारा तयार गरिएको आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धमा आयोजित छलफलमा सहभागीहरु ।
काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला
काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
गर्भवती र सुत्केरीलाई पोषण प्याकेज
गर्भवती र सुत्केरीलाई पोषण प्याकेज गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो । 
Weather Update