वर्षाका कारण तानसेनमा तीनतले घर भत्कियो
आइतबार, भदौ २, २०८१
पहिरो गएपछि गुल्मीको तम्घास–रिडी वामीटक्सार सडक अबरुद्ध
आइतबार, भदौ २, २०८१
गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।
महासमिति सदस्य बस्यालले दिए काँग्रेस पाल्पालाई ११ बुँदे सुझाव
शनिबार, भदौ १, २०८१
नेपाली काँग्रेस पाल्पाका जिल्ला सदस्य तथा महासमिति सदस्य कृष्णप्रसाद बस्यालले नेपाली काँग्रेस जिल्ला कार्य समितिलाई ११ बुँदे रचनात्मक सुझाव पेश गरेका छन् । पार्टीलाई थप चलायमान बनाउनेदेखि पार्टी भित्रका कार्यकर्ताहरुको आन्तरिक व्यवस्थापनलाई जोड दिई सबै कार्यकर्ताहरु बीच सुमधुर सम्बन्धको विकास गर्न जोड दिदै उनले पार्टी सभापति हिमालदत्त श्रेष्ठलाई भेटेर सुझावसहितको...
तानसेनका विपन्न उपभोक्तालाई विद्युत महसुलमा छुट
शुक्रबार, साउन ३२, २०८१
जिल्लाको तानसेन नगरपालिका भित्रका विपन्न उपभोक्ताहरुले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन् । ५ एम्पियर स्वीकृत क्षमता भएका र २० युनिटसम्म विद्युत खपत गर्ने गराउने २ हजार २ सय २६ विपन्न उपभोक्ताको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो ।
खोलाले बगाउँदा बेपत्ता
शुक्रबार, साउन ३२, २०८१
बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् ।
शिक्षा र स्वास्थ्यका बारेमा बेलायती प्रतिनिधिसँग छलफल
शुक्रबार, साउन ३२, २०८१
शिक्षा र स्वास्थ्यका विषयमा बेलायती प्रतिनिधिसँग छलफल भएको छ । बुटवल उपमहानगरपालिका, बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको प्रतिनिधिबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा बुटवल उपमहानगरपालिकामा छलफल भएको हो ।
दुधको गुणस्तर सुधारबारे छलफल
शुक्रबार, साउन ३२, २०८१
बुटवलमा गुणस्तरहिन दूध विक्री हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले व्यवसायीसँग छलफल गरेको छ । उसले गुणस्तरीय दूध विक्री गर्न व्यवसायीसँग छलफल गरेको हो ।
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
शुक्रबार, साउन ३२, २०८१
साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो ।
राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा पाल्पाली सांसद गैरे निर्विरोध निर्वाचित
बिहीबार, साउन ३१, २०८१
पाल्पा क्षेत्र न. २ का संघीय सांसद तथा नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरे संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
हराउँदै जनै बाट्ने संस्कृति, जोगाउँदै ब्राह्मण समाज
बिहीबार, साउन ३१, २०८१
हिन्दु परम्पराअनुसार जनैको धेरै महत्व छ । व्रतबन्धपछि होस् वा पूजामा जनै आवश्यक पर्छ नै । तागाधारीको पहिचान हो जनै । तर पछिल्लो समय तागाधारीहरु नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् ।
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा
बिहीबार, साउन ३१, २०८१
रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण संघले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका संघका परियोजना अधिकृत भरत पन्थील जानकारी दिए ।
अपाङ्गता डिजिटल परिचय पत्र
बिहीबार, साउन ३१, २०८१
बुटवलमा अपाङ्गता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले अपा·ता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो ।


