सहकारी संस्थाको आयोजनामा कृषि मेला
मंगलबार, फागुन ६, २०८१
जलवायु परिवर्तनको बढी असर महिलालाई
मंगलबार, फागुन ६, २०८१
सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली शुरु
सोमबार, फागुन ५, २०८१
गुल्मी अस्पताल तम्घासमा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा पहिलो पटक यो सातादेखि विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरियो । सो प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले एक समारोह बीच गरेका हुन ।
आहार व्यवस्थापनले गिद्धको संख्या बढ्दै
सोमबार, फागुन ५, २०८१
गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको संख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।
गुल्मीमा डोजरले फालेको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु
आइतबार, फागुन ४, २०८१
गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका–२ छल्दीटारामा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुंगाले लागेर स्कूल जाँदै गरेकी ८ वर्षीया विष्णु कुमालको मृत्यु भएको हो ।
रम्भाको फोक्सिङ्गकोटमा पर्यटन प्रवद्र्धनको लागि ‘होमस्टे’
आइतबार, फागुन ४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोट गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको पहलमा स्थानीयले रानीबास सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री पौडेल र महानगरप्रमुख आचार्यलाई काठमाडौँ लगियो
शनिबार, फागुन ३, २०८१
पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
व्यवहारिक र नैतिक शिक्षा आजको आवश्यकता हो : नगर प्रमुख थापा
शनिबार, फागुन ३, २०८१
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यवकता रहेको बताएका छन् । जनविकास माध्यमिक विद्यालय रामपुरको ६२ औँ वार्षिक उत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सात करोडको लागतमा मालिकामा नयाँ भवन
शनिबार, फागुन ३, २०८१
मालिका गाउँपालिकामा नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनिक भवन निर्माण सम्पन्न भएको हो ।
गाँजा र चसेससहित सात जना पक्राउ
शनिबार, फागुन ३, २०८१
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।
रानीमहल पुुगेका जोडीले मनाए ‘भ्यालेन्टाइन डे’
शुक्रबार, फागुन २, २०८१
फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहलमा पुगेर प्रेमिल जोडीले प्रयण दिवस मनाएका छन् ।


