Shittalpati
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९

काठमाडौं, नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २ सय ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७ सय २९ मत प्राप्त गरे भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३सय ६०, विमलेन्द्र निधिले २ सय ३९ र कल्याण गुरूङले २० मत प्राप्त गरे निर्वाचन समितिले जनाएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७ सय ४३ मतदातामध्ये चार हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १ सय ३२ पदका लागि मतदान भएको थियो । –रासस

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update