Shittalpati
आज विश्व सहरीकरण दिवस

पाल्पा, आज विश्व सहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइने गरिन्छ । जलवायु परिवर्तनमा सहरीकरणको भूमिका र व्यवस्थित सहरीकरणको महत्वलाई यस वर्ष विशेष ध्यान दिइएको छ ।

सन् २०१४ मा चीनमा ‘प्रमुख शहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो । सहर भन्ने बित्तिकै सबैको मनमा ‘सुविधा सम्पन्न संसार’ आउँछ । शहर ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग, र सञ्चारको लागि व्यापक सुविधायुक्त जगत हो । शहरीकरण भन्नाले एक स्मार्ट सिटि हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, सामाजिक, आर्थिक, राजनैतिक जगतको स्थापना गर्नु पनि हो । शहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, देश र शहरहरु बीचको सहयोग बढाउन र शहरी विकासको लागि योगदान पुर्‍याउन विश्व शहरीकरण दिवस मनाइने गरिएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update