Shittalpati
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया

जगदीश भट्टराई
पाल्पा, स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन् । उनीहरुले सात समुन्द्रपारीबाट कोरोना महामारीमा पनि मातृ भूमिप्रतिको अगाध मायाको प्रतिक स्वास्थ्य सामग्री सहयोग गरेर गुन लागएका छन् । प्रवासी भूमिमा रहेर एकिकृत भएका पाल्पाली समाज युएसएका सदस्यहरुले आफ्नो मातृभूमिमा अक्सिजन अभावले मानिसहरूको मृत्यु हुन थाल्यो भन्ने सुनेपछि आफ्नो गाँस कटाएर सहयोगमा जुटेका हुन् ।

संयुक्तराज्य अमेरिका र अन्य मूलुकमा बस्दै आएका आप्रवासी पाल्पालीहरुले दिएको सहयोगबाट खरिद गरिएका स्वास्थ्य सामग्रीहरु एक समोराहका बिच पाल्पामा सम्बन्धित स्थानीय सरकारका प्रमुख र स्वास्थ्य संस्थाका प्रतिनिधीलाई प्रदान गरिएको छ । उक्त सामग्री प्रदान गरिदै गर्दा महामारीका बेला जन्मभूमिका लागि सहयोगी हातहरु प्रति जिल्लामा स्थानीय सरकारका प्रमुख र स्वास्थ्य सेवी संस्थाहरुका प्रतिनिधीहरुले अन्तरआत्मदेखि नै साधुवाद दिई रहेका थिए ।

महामारीको ताण्डवले प्रताडित पाल्पाली समुदायलाई उपहार केवल मायाको चिनोमात्रै नभएर जीवन मरणको दोसाधमा रहेर अक्सिजनको सहयाताले प्राण बचाउँने कार्यमा सहयोगी बन्ने कुरामा आफुहरु विश्वस्त रहेको पाल्पाली समाज युएसएका संयोजक महेश भट्टटराईले शित्तलपाटी डटकमसँंग आफ्नो भावनात्मक अभिव्यक्ति दिदै भने । उनका भावनाको प्रतिनिधित्व सिंगो त्यो समाज र देश प्रेम अनि मातृभूमि प्रतिको माया सँंग छचल्किएको अनुभूति हुने गर्दथ्यो ।

नेपाली पत्रकारिताको फाँटलाई फराकिलो बनाउँदै अमेरिकामा समेत आफ्नो छवि बनाएका पत्रकार सतिश चापागाईले यो सहयोग पर्याप्त नभएको धारणा व्यक्त गर्दै सुदामाको कनिका भगवान कृष्णले स्वीकार गरे जस्तै, पाल्पाली जनसमुदायले स्वीकार गरेकोमा धन्यवाद दिए । उनले भने ‘यो गागरमा सागर... हो, जिल्लावासीले स्वीकार गरेकोमा आभार व्यक्तगर्छु ।’ यो अभियानमा सहयोग गर्ने पाल्पाली संगम काठमाडौंका अध्यक्ष पदम न्यौपाने र स्वास्थ्य कार्यालय पाल्पाका प्रवक्ता ओम प्रकाश पन्थी र सिंगो टीमप्रति उनले अमेरिकाबाटै आभार व्यक्त गरे ।
सात समुद्र पारीबाट आएको यो उपहारले धेरै पाल्पालीहरुलाई महामारीबाट बच्न र बचाउँन कवचका रुपमा काम गर्ने विश्वास लिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

रैनादेवी छहराका अध्यक्ष रामवहादुर कार्कीले भने ‘आफ्नो पेटकाटेर सहयोग गर्ने युएसएका पाल्पालीहरु महान हुन ।’ रिब्दीकोट गाउँपालिका प्रमुख नारायण बहादुर जिसिको भनाई पनि कम मर्मस्पर्शी छैन्, उनले भने‘ यो हाम्रो लागि महामारीसँंगको लडाईमा, संघे शक्ति कलीयुगे, भन्ने कथन सँग मेल खान्छ ।’युएसएमा बसेका /बसोवास गर्दै आएका पाल्पालीहरुले महामारीबाट बच्नका लागि आफ्नो गाँस काटेर भए पनि जन्मभूमिप्रतिको देखाएको अगाध मायाले सिंगो जिल्लावासी उत्साहित भएका छन् । पाल्पाली समुदायले, पाल्पा अस्पताल,रामपुर अस्पताल, देवगिर सिविल अस्पताल, दोभान सिविल अस्पताल, पोखराथोक सिविल अस्पताल, खस्यौली सविलि अस्पताल, ताहुँ सिविल अस्पताल साथै मदनपोखरा,अर्गली, कसेनी, चिदीपानी, रुप्से,पोखराथोक,नायर नम्लतलेस, पालुङ्ग मैनादी,छहरा हेल्थपोष्टहरुलाई १० लाख ५० हजार बरावरको स्वास्थ्य समग्री हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रवक्ता ओमप्रकाश पन्थीले जानकारी दिए । उनले भने, ‘अहिले पहिलो चरणमा ओक्सिजन कनेक्टर्स वितरण गरिएको छ, भने दोस्रो चरणमा थप स्वास्थ्य उपकरण समेत प्रदान गर्ने कार्यक्रम उहाँहरुको रहेको छ । ’

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update