Shittalpati
आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै

पाल्पा । आज ४० औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो ।

सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको पाइन्छ । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । खाद्य दिवसको अवसरमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले भने ‘खाद्य स्वच्छता दिवस’ भनेर पनि यो दिवस मनाउने गरेको छ । कृषि प्रधान मुलुक नेपालमा झण्डै ८० प्रतिशतभन्दा बढी मानिसहरु कृषिमा निर्भर रहेका कारण यहाँ तिव्र भोकमरीको समस्या नभएपनि कोरोना महामारीका कारण यस वर्ष भने केही स्थानमा खाद्य संकट उत्पन्न भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update