Shittalpati
बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा
बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ९बिआरआई० मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताएका छन् । 
सहकारी ठगी प्रकरण : रविमाथि अनुसन्धान गर्न फेरी म्याद थप
सहकारी ठगी प्रकरण : रविमाथि अनुसन्धान गर्न फेरी म्याद थप सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले फेरी म्याद थप गरेको छ । लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  आदालतले प्रहरीलाई अनुमति दिएको हो ।
प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्थाबारे जानकारी
प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्थाबारे जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालमा उपचाररत रहेका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएका उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
सहकारी ठगी प्रकरण :  रविविरुद्ध धमाधम पक्राउ पुर्जी
सहकारी ठगी प्रकरण : रविविरुद्ध धमाधम पक्राउ पुर्जी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध धमाधम पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेविरुद्ध विभिन्न जिल्लाबाट एकपछि अर्को गरी पक्राउ पुर्जी जारी भएको हो ।  
३१ जनाले फिर्ता लिए उम्मेदवारी
३१ जनाले फिर्ता लिए उम्मेदवारी आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । ५ मंसिरमा बिहान ९ देखि अपराह्न १ बजेसम्म निर्वाचन आयोगले  उम्मेदवारले नाम फिर्ता लिने समय दिएको थियो । उक्त  समयभित्र ३१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
लुम्बिनी प्रदेशमा लगानी भित्रर्याउन छलफल
लुम्बिनी प्रदेशमा लगानी भित्रर्याउन छलफल मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार ब्रिटिस राजदूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरे ...
दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईं पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
लोकतान्त्रिक आन्दोलनका अभियन्ता ढुंगानाको अवसान
लोकतान्त्रिक आन्दोलनका अभियन्ता ढुंगानाको अवसान नेपालको लोकतान्त्रिक आन्दोलनको एक अभियान्ता एवं पूर्वसभामुख दमननाथ ढुंगाना ८३ वर्षको उमेरमा अस्ताएका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएका ढुंगानाको आइतबार निधन भएको हो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो फ्रन्टलाइन अस्पताल काठमाडौमा आइतबार दिउँसो निधन भएको थियो ।
भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा पाल्पाका शंकर निर्वाचित
भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा पाल्पाका शंकर निर्वाचित सामाजिक, राजनीतिक व्यक्तित्व तथा युवा नेता शंकर भण्डारी धनञ्जय गोत्रीय भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नवलपरासीको गैंडाकोटमा भएको समाजको चौंथो राष्ट्रिय महाधिवेशन तथा नवौं साधारण सभाले पाल्पाका भण्डारीलाई केन्द्रीय सदस्यमा निर्वाचित  गरेको हो ।
पूर्वसभामुख ढुंगानाको निधनप्रति पाल्पा काँग्रेस सभापति श्रेष्ठद्वारा श्रद्धाञ्जली व्यक्त
पूर्वसभामुख ढुंगानाको निधनप्रति पाल्पा काँग्रेस सभापति श्रेष्ठद्वारा श्रद्धाञ्जली व्यक्त नेपाली काँग्रेसका पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पूर्वसभामुख ढुङ्गानाको निधन
पूर्वसभामुख ढुङ्गानाको निधन पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा  ८३ वर्षको उमेरमा उनको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए । 
Weather Update