Shittalpati
रवि लामिछाने समर्थक  र प्रहरीबीच झडप
रवि लामिछाने समर्थक  र प्रहरीबीच झडप सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच झडप भएको छ ।  मंगलबार पोखरामा लामिछाने समर्थकले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको हो ।
लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक
लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् । 
एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश
एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले दिएको जग्गामा कुनै पनि संरचना नबनाउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । उक्त विषयमा परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह गरिरहेको बताए । 
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु नेपाली काँग्रेस गुल्मीको रुरु–रेसुुङ्गा प्रशिक्षण अभियान सुुरु भएको छ । स्थानीय तहका अगुवा कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट  क्रियाशिल बनाई  पार्टी संगठनलाई बलियो बनाउन आइतबारदेखि अभियान सुुरु भएको हो ।
रवि र छविलाई थप सात दिन हिरासतमा राख्न अनुमति
रवि र छविलाई थप सात दिन हिरासतमा राख्न अनुमति सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनीहरुलाई विहिबार  थप ७ दिन हिरासतमा अदालतले प्रहरीलाई...
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको शपथ
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको शपथ लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ गरोएका हुन् ।
नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी छ : काँग्रेस नेता श्रेष्ठ
नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी छ : काँग्रेस नेता श्रेष्ठ नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी रहेको बताएका छन् ।
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए । 
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति...
रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ ।
पूर्व गृहमन्त्री लामिछाने प्रहरीको हिरासतमा, भोली अदालतमा उपस्थित गराइने
पूर्व गृहमन्त्री लामिछाने प्रहरीको हिरासतमा, भोली अदालतमा उपस्थित गराइने पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाएको थियो ।
Weather Update